ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव  माग

२०७७ बैशाख, २०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विनोद लम्साल

वैशाख २०, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव संकलन थालेको छ ।

सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्न शुरु गरिसकेकाले सुझाव दिन आग्रह गरेको हो । आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयका सम्बन्धमा सुझाव दिन सबैलाई आग्रह गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ ।

 विभिन्न संघ–संस्था, वुद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारमाध्यम र सम्पूर्ण आम नागरिलाई यही वैशाख २५ गतेभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले लकडाउन भएको र प्रदेशले आन्तरिक रुपमा कार्यक्रमको तयारी गरिररहेकाले सबैसँग सुझाव मागिएको  बताएको छ ।  

सबै मन्त्रालयलाई नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि निर्देशन दिइसकिएको र मन्त्रालयले कार्यालय स्तरसम्म छलफल गरेर पठाउँदै गरेको मन्त्रालयका प्रवक्ता केशव उपाध्यायले जानकारी दिए । प्रदेश योजना आयोगले पनि सोही अनुसार तयारी गरिरहेको उनले बताए ।

कोरोनाको प्रभावका कारण अर्थतन्त्रमा असर गरेकाले अहिलेको अवस्थामा कस्तो नीति तथा कार्यक्रम ल्याउँदा प्रभावकारी हुन्छ भन्नेबारे सुझाव दिन उनले आग्रह गरे । ‘बेरोजगारी र खाद्यान्न अभाव जस्ता समस्या देखिएका छन्,’ उनले भने, विदेश गएका नागरिक फर्कने क्रम बढेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)