ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका ५ हजार ४०० परिवारलाई राहत वितरण

त्रिवेणीमा दोस्रो चरणको राहत वितरण शुरु

२०७७ बैशाख, २१  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान २१, वैशाख । सल्यानका दश ओटै स्थानीय तहले दैनिक ज्यालादारी, मजदूरी गरेर जीविकोपार्जन गर्ने ५ हजारभन्दा बढी विपन्न परिवारलाई राहत वितरण गरेका छन् । जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरेर दश ओटै स्थानिय तहले जिल्लाका ५ हजार ४७३ परिवारलाई राहत वितरण गरेका हुन् । 

उनीहरुले राहत स्वरुप चामल, नुन, तेल, दाल वितरण गरेका छन् । जिल्लाका सबै स्थानिय तहले पहिलो चरणको राहत वितरण कार्य सकिएको जानकारी दिएका छन् । 

जिल्लाको शारदा नगरपालिकाले सबैभन्दा धेरै ९१६ घरपरिवारलाई राहत वितरण गरेको छ । यस्तै बागचौर नगरपालिकाले ८९० परिवार, बन्गाड कुपिण्डे नगरपालिकाले ७५३ परिवारलाई राहत वितरण गरेको जानकारी दिएका छन् । 

यस्तै कालीमाटी गाउँपालिकाले ८१३ परिवार, दार्मा गाउपालिकाले ४८४ परिवार, छत्रेश्वरी गाउँपालिकाले ४५७ घरपरिवार, कुमाख गाउँपालिकाले ४०० घरपरिवारलाई राहत वितरण गरेको छ । यस्तै, सिद्धकुमाख गाउँपालिकाले २७५ परिवार, त्रिवेणी गाउँपालिकाले ३५७ परिवार र कपुरकोट गाउँपालिकाले १२८ विपन्न परिवारलाई राहत वितरण गरेका जानकारी दिएका छन् । 

असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा बिपन्न परिवारलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड अनुसार नै वितरण गरिएको त्रिवेणी गाउपालिकाका अध्यक्ष मान बहादुर डाँगीले बताए । 

वडा स्तरबाट संकलन भएको तथ्यांकमा पूर्ण छलफल गरी राहत वितरण गरिएको उनको भनाइ छ । पहिलो चरणमा २५७ परिवारलाई राहत वितरण गरेको गाउँपालिकाले दास्रो चरणको राहत वितरण गर्न शुरु गरेको छ । सोही अन्तर्गत आइतवार १०० घरपरिवारलाई राहत वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । 

लगातारको बन्दाबन्दीका कारण दैनिक जीविकोपार्जन गर्न समस्या भएकाहरूलाई राहत वितरण गरेको सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले बताए । वितरण प्रक्रियालाई एकद्धार प्रणालीबाट लागू गर्नुको साथै पीडितहरू कोही पनि नछुटुन् र नदोहोरिउन् भन्नेमा गाउँपालिका सचेत रहेको उनको भनाइ छ । जनप्रतिनिधिहरूको रोहवरमा राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको उनले बताए । 

दैनिक ज्यालादारी, मजदूरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवारलाई राहत वितरण गरिएको दार्मा गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकामा ३ हजार ६३९ घरधुरी रहेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)