ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चालू आवमा ६०% बजेट खर्चने प्रदेश १ सरकारको लक्ष्य

२०७७ बैशाख, २२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश १ सरकारले चालू आवमा ६० प्रतिशतभन्दा बढी खर्च गर्ने लक्ष्य लिएको छ । गत आवमा ३५ अर्ब ९३ करोड ६० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले १२ महीनामा ५९ प्रतिशत बजेट खर्च गरेको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालयले चालू आर्थिक वर्षको १० महीनामा ३१ प्रतिशत मात्र बजेट खर्च भएको बताए पनि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले २ महीनामा ६० प्रतिशत खर्च गर्ने दाबी गरेका छन् । उनले चालू आवको हालसम्म ४० प्रतिशत बजेट खर्च भएको र २ महीनाभित्र ६०  प्रतिशत बजेट खर्च गरिने उनको भनाइ छ । प्रदेश सरकारले चालू आवमा ४२ अर्ब २० करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो, जसमा चालूतर्फ १८ अर्ब ५४ करोड र पूँजीगततर्फ २३ अर्ब ५७ करोड बजेट विनियोजन भएको थियो ।

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/२०७८ को बजेट कोरोनाको असर न्यून गर्नेगरी ल्याउने भएको छ । कोरोनाको कारण बजेटको आकार घट्ने उल्लेख गर्दै मन्त्री आङ्बोले विकास बजेट खुम्चन नदिन फजुल खर्चमा हुने बजेट विनियोजन रोक्ने र प्रदेशस्तरका प्राथमिकताका क्षेत्रमा बजेट केन्द्रित गरिने बताए । आगामी वर्षका लागि संघीय सरकारले राजस्व बाँडफाँटको शिलिङ चालू आवको भन्दा १० प्रतिशत कटौती गरेर पठाएको छ । समपूरक अनुदान र सशर्त अनुदानको शीर्षक पनि घटेर आउने सम्भावना छ । बजेटको सिलिङ घटेर आए पनि आगामी बजेटलाई बढी प्रभावकारी बनाउनेतर्फ आफू लागिपरेको भन्दै उनले राजस्व संकलनमा परेको असरले बजेटको आकार अहिलेको भन्दा घट्ने बताए ।

२ करोडदेखि डेढ अर्बसम्मका योजना प्रदेश सरकारले सञ्चालन गरिरहेको र त्यसबाट तत्कालै लाभ लिन सकिने भएकाले त्यस्ता योजनालाई प्राथमिकतामा राखिएको जानकारी उनले दिए । चालू आर्थिक वर्षको विभिन्न १२ शीर्षकका ५ अर्ब रुपैयाँ खर्च गर्न रोकिएको समेत उनको भनाइ छ । आगामी बजेटको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा रहेको भन्दै उनले कृषि रोजगार सृजना गर्नेतर्फ पनि ध्यान दिइने बताए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)