ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनुमति पाएपछि सञ्चालनमा आयो निगाले सिमेन्ट उद्योग

२०७७ बैशाख, २२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

वैशाख २२, धनकुटा । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण बन्द भएको धनकुटाको निगाले सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।

सरकारले दिएको अनुमतिसँगै उद्योगमा रहेका कर्मचारीको व्यवस्थापन गर्दै उद्योग सञ्चालनमा आएको हो । आर्थिक क्रियाकलापमा सुस्तता आउन सक्ने भन्दै सरकारले गत चैत २० गते उद्योगहरूलाई सशर्त उद्योग सञ्चालन गर्न निर्देशन दिएको थियो । देशभरका अधिकांश उद्योग बन्द रहेका बेला मजदूरलाई सरकारी नियमको पालना गर्दै निःशुल्क खाने र बस्नेको व्यवस्था गरेर उद्योग सञ्चालन ल्याइएको उद्योगका प्रबन्धक सरोज सेढाईंले जानकारी दिए ।

लकडाउन अघि दैनिक १२५ मजदूरले काम गरिरहेको उद्योगमा अहिले ५० मजदूरले काम गरिरहेका छन् । मजदूरलाई सामाजिक दूरी कायम गर्दै बेलाबेलामा स्यानिटाइजर प्रयोग गर्न लगाइएको छ ।

उद्योगमा कार्यरत झापा मोरङ, सुनसरी, उदयपुर र केही भारतीय मजदूर लकडाउन शुरू भएपछि हिंडेरै घर गए पनि फर्किन सकेका छैनन् । श्रमिकको अभाव हुँदा सरसफाईदेखि साना काममा पनि ठूलो समस्या भइरहेको सेढाईंले बताए ।  

उद्योगले लकडाउन अगाडि दैनिक ३५ सय बोरा सिमेन्ट उत्पादन गरेको भए पनि हाल मुश्किलले दैनिक ५०० बोरा उत्पादन गरिरहेको बताएको छ । उद्योगका लागि आवश्यक पर्ने कोइला लकडाउन अगाडिकै केही परिमाणमा स्टक रहेकाले सञ्चालन गरिएको उद्योग व्यवस्थापनको भनाइ छ ।

स्टक रहेको कोइलाले करीब एक हप्ता पुग्ने र त्यसपछि पुनः उद्योग बन्द हुने अवस्था रहेको उद्योगका सञ्चालक दिनेश पौडेलले बताए । ‘उद्योगलाई आवश्यक पर्ने कोइला भारतबाट ल्याउने गरेका थियौं,’ उनले भने, ‘तर भारतमा पनि जारी लकडाउन भएकाले ल्याउन सक्ने अवस्था छैन ।’

यसैबीच, धनकुटा उद्योग वाणिज्य संघले उद्योगलाई नियमित सञ्चालन हुन आवश्यक पहल गरिने बताएको छ । अनुगमनमा गएको संघको टोलीले सुरक्षाका मापदण्ड पूरा गरेर उद्योग सञ्चालन गर्न अनुरोध गर्दै सञ्चालनका लागि आवश्यक समन्वय गर्ने बताएको हो ।

सरकारले उद्योगहरूलाई सशर्तसञ्चालन गर्न भनिसकेकाले धनकुटाका सबै उद्योग सञ्चालनको वातावरण बनाइने संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)