ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाहिरी जिल्लाबाट आएका २८ जना क्वारेन्टाइनमा 

२०७७ बैशाख, २३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

वैशाख २३, धनकुटा । धनकुटाको चौविसे गाउँपालिकामा २८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । विगत केही दिन भित्रमा मुलुकका काठमाडौं, हेटौँडा लगायतका ठाउँबाट गाउँपालिकामा फर्किएकाहरूलाई क्वारेन्टाइनमा राखिएको हो । 

गाउँपालिकामा ९२ जना फर्किएका भएपनि २८ जना शंकास्पद रहेकोले क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए । क्वारेन्टाइनमा बसेकाहरूमाथि स्थानीय स्वास्थ्यकर्मी र प्रहरीले निगरानी गरिरहेका छन् । 

गाउँपालिकाले स्थानीय विद्यालय, खानेपानी भवन र सामुदायिक भवनमा बनाएको क्वारेन्टाइनमा उनीहरुलाई राखेको जानकारी दिएको छ । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा सबै मापदण्ड पूरा गरेर उनीहरुलाई राखिएको छ । 

क्वारेन्टाइनमा बसेका २८ जना कै बुधवार र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिने भएको छ । त्यस्तै बाहिरी जिल्लाबाट आएका अन्य ६४ जनालाई होम क्वारेन्टाइनमा राखेको गाउँपालिका अध्यक्ष राईले बताए ।

यता जिल्लामा हालसम्म १५९ जनाको आरडीटी टेस्ट र ७ जनाको स्वाब परीक्षण गरिएको छ । परीक्षण गरिएको सबै जनालाई होम क्वारेन्टाइनमा राखिएको र उनीहरु सबैको अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईंले जानकारी दिए । 

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । आरडीटी टेस्ट गरिएकामा धनकुटा नगरपालिकाका २० जना, पाख्रिबास नगरपालिकाका १९ जना, महालक्ष्मी नगरपालिकाका २१ जना रहेका छन् । 

त्यस्तै छथर जोरपाटी गाउँपालिकाका १३, सहिदभूमि गाउँपालिकाका २९, साँगुरीगढी गाउँपालिकाका २८ र चौबिसे गाउँपालिकाका २९ जनाको यापिड डाइनोष्टिक टेस्ट गरिएको हो । धनकुटा नगरपालिकाका ३ जना, सहिदभूमि गाउँपालिकाका ३ र साँगुरीगढी गाउँपालिकाका १ जनाको स्वाब परीक्षण गरिएको हो । 

धनकुटा जिल्लामा ३५७ थान पीपीइ, ५६ थान थर्मल गन, १५९ वेडको क्वारेन्टाइन र १५ ओटा एम्बूलेन्स तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्ला प्रवेश गर्ने नाका बन्द गरेको र नियमित अनुगमन भइरहेको छ । नाकाबाट पैदल यात्री प्रवेश पनि निषेध गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)