ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा शर्तसहित विकास निर्माण शुरू

२०७७ बैशाख, २४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा लकडाउनमा पनि विकास निर्माणका काम शुरू गरिएको छ । सडक, पुल निर्माणदेखि साना तथा मझौला योजनाको काम  पछिल्लो समयमा धमाधम हुन थालेको छ । बन्दाबन्दीपछि रोकिएका विकास आयोजनाका कामले केही दिन यता तीव्रता पाउन थालेका हुन् । बन्दाबन्दीको प्रारम्भ भएसँगै थारमारे चौरजहारी सडकखण्ड अन्तर्गत कुमाख गाउँपालिकाको त्रिवेणीमा पक्की पुल रोकिएको थियो ।

असारभित्र योजना सम्पन्न गरिसक्नु पर्ने भएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा निर्माणको काम पुनः थालिएको छ । १ महीनाभन्दा बढी काम रोक्नुपर्दा निर्धारित समयमा पुलको काम सम्पन्न नहुने भएपछि शुरू गरिएको निर्माण कम्पनी नार्गाजुन शिव निर्मल जेभीले बताएको छ । बर्खायाम अघि नैै पुल निर्माण पूरा गर्न लकडाउनको बीचमा पनि पुनः काम शुरू गरेको ठेकेदार मानबहादुर बुढाथोकीले बताए ।

यस्तै छत्रेश्वरी गाउँपालिकाले आफ्नै लगानीमा सडकको स्तरोन्नति गरी रहेको छ । दारिमज्युला खर्सुवास सडकको स्तरोन्नति तथा ट्रयाक ओपनको काम भइरहेको छत्रेश्वरी गाउँपालिकाले बताएको छ । विकास निर्माण गर्ने समयमा लकडाउन भएपछि रोकिएका काम विस्तारै सामाजिक दूरी कायम गरी औजारको माध्यमबाट भइरहेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । शंखमूलदेखि जयचौरसम्म १० मीटर चौडा सडकको स्तरोन्नति र जयचौरदेखि खर्सुवाससम्म १३ किलोमीटर नयाँ ट्र्याक खोलिने उनको भनाइ छ ।

दार्मा गाउँपालिकाले पनि शर्तसहित विकास निर्माणलाई अघि बढाएको छ । गाउँपालिकाले दर्जन बढी योजनाहरू अहिले सञ्चालन गरिरहेको छ । ढाकाडामकोट साङटा झ्यारीबाङ फारुला तिमिलकाँडा सडक निर्माण तीव्र रूपमा भइरहेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए । सम्भावित कोरोना भाइरसको संक्रमणबाट सचेत रहँदै विकास निर्माणका कार्य भइरहेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)