ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा भीटीएम र आरडीटी किट अभाव 

२०७७ बैशाख, २५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

वैशाख २५, सल्यान । सल्यानमा कोरोना परीक्षण गर्ने किटको अभाव भएको छ । कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन पीसीआर परीक्षणका लागि आवश्यक पर्ने भीटीएम किट र द्रुत परीक्षण (आरडीटी) किट अभाव भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले बताएको छ । 

विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेको डेढ महीना भएको छ । देश लकडाउन भएपछि जिल्ला भित्रिएका शंकास्पद नागरिकलाई स्थानीय तहको क्वारेन्टाइनमा राखिएको छ भने केहीलाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिँदै घर पठाईएको छ । 

विगत केही दिनयता जिल्लामा पीसीआर र आरडीटी परीक्षणका लागि आवश्यक पर्ने किट अभाव हुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढाले जानकारी दिए । किट अभाव हुदाँ स्थानीय तहमा गएर कोरोना परीक्षण गर्न समस्या भएको उनको भनाइ छ । अहिले जिल्लाबाट आरडिटी किट २ हजार र भिटिएम किट २ सयको माग गरिएको उनले जानकारी दिए ।

‘जिल्लामा अहिले पिसिआर र आरडिटि परीक्षण गर्ने किट अभाव छ, हामीले प्रदेश सरकारसँग माग गरेका छौँ, तर अहिले सम्म पनि पठाएको छैन,’ उनले भने, ‘कोही शंकास्पद भेटिएमा परीक्षण गर्ने किट अभावमा समस्या हुनेछ ।’

केही समय अघि जिल्लामा शंकास्पद व्यक्तिहरुको पिसिआर विधिबाट र द्रुत परीक्षणबाट कोरोना परिक्षण गरिएको थियो, जसमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । जिल्लामा भारत सहित तेस्रोमुलुक र अन्तरजिल्लाबाट गरेर सयौँ नागरिकहरु जिल्लामा फर्किएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)