ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश सरकारलाई साना किसान लघुवित्तको १ लाख सहयोग

२०७७ बैशाख, २५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

वैशाख २५, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारद्वारा गठित प्रदेश विपद् व्यवस्थापन कोषमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले रू. १ लाख सहयोग गरेको छ । 

बिहीवार  संस्थाका  सञ्चालक सदस्य चाँदनी ढकाल र इलाका प्रवन्धक दोर्णराज घिमिरेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाइ रू. १ लाखको चेक प्रदान गरेका छन् । 

उनले कोरोना भाइरसको विपदबाट बचाउनका लागि प्रदेश सरकारले स्थापना गरेको कोषमा संस्थाले सहयोग गरेको इलाका प्रवन्धक दोर्णराज घिमिरेले बताए । 

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश कोषमा सहयोग रकम हस्तान्तरण गरेको बताए संस्थाको केन्द्रीय कार्यालयले संघीय सरकारलाई रू. १० लाख र उपलब्ध गराएको र हरेक प्रदेश लाई रू. एक/एक लाख हस्तान्तरण गरेको घिमिरेले बताए । 

मुख्यमन्त्री शाहीले ‘कोरोनको उच्च जोखिममा भएपनि कर्णालीमा कोरोना संक्रमित भएको प्रमाणित नहुनु खुशीको कुरा भएको बताए । कोरोना भाइरसको विपद्बाट बचाउन लागि सहयोग उपलब्ध गराएको संस्थालाई धन्यवाद दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)