ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जेठ ११ मा बजेट अधिवेशन शुरू गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

२०७७ बैशाख, २७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

वैशाख २७, वीरेन्द्रनगर । कर्णाली प्रदेशको वजेट अधिवेशन जेठ ११ गते देखि शुरू हुने भएको छ । शुक्रवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि बोलाउने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७७/ ७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीका लागि सांसदहरुको सुझाव संकलनका लागि बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

कर्णााली प्रदेशले आगामी वर्षका लागि रू. ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसको एक साताअघि वार्षिक नीति तथा कार्यक्रम ल्याइसक्नुपर्छ ।

नीति तथा कार्यक्रम र बजेटको खाका तयार पार्न सरकारले कर्णालीमा सरकारी कार्यालयहरु सञ्चालनमा गर्दै आएको छ । हालसम्म कोरोना संक्रमित नभेटिएका कारण नीति तथा कार्यक्रम र बजेटको खाका कोर्न दुई साता अघिदेखि नै सरकारी कार्यालय खुला गरिएका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)