ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकले नियमविपरीत साँवा–ब्याज असुल उपर गरेको भन्दै ध्यानाकर्षण

२०७७ बैशाख, ३०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

वैशाख ३०, धरान । नेपाल सरकारको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिले गरेको निर्णय उल्लंघन गर्दै बैंकहरूले चैत महीनाको ब्याज तथा साँवा ऋणीको खाताबाट असुल उपर गरेको भन्दै सुनसरी उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ इटहरी र इनरुवाले प्रधानमन्त्रीको ध्यानाकर्षण  गराएका छन् ।

संयुक्त रूपमा ध्यानाकर्षण पत्र जारी गर्दै उनीहरूले लकडाउन अवधिमा पूर्णरूपमा बन्द रहेका उद्योग र व्यापारको लकडाउन अवधि भरको ब्याज मिनाहा गर्न समेत माग गरेका छन् । 

अर्थमन्त्रीको अध्यक्षतामा २०७६ चैत १२ गते बसेको उच्चस्त®ीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले चैत मसान्तसम्म कुनै पनि ऋणको सा“वा, ब्याज भुक्तानी गर्नु नपर्ने र ऋणीले स्वविवेकले रकम बुझाएमा ब्याजको १० प्रतिशत छूट गर्नुपर्ने निर्णय गरेको थियो ।

तर बैंकहरूले नियम विपरीत ऋणीको खातामा रहेको मौज्दातबाट अनुमतिविना रकम स्वतः कट्टा गरेको पाइएको भन्दै उद्योगी÷व्यवसायीलाई उद्योग तथा व्यावसायिक कार्य सञ्चालन गर्न तथा कर्मचारीको व्यवस्थापनका लागि समेत रकम आवश्यक पर्ने हुनाले सो रकम खातामा फिर्ता गर्न माग गरिएको छ । 

त्यसैगरी व्यवसायीले स्थानीय सरकारलाई तिर्ने व्यवसाय कर, घरबहाल कर र घरेलु तथा साना उद्योग कार्यालयलाई तिर्ने आव २०७६/ ७७ को नवीकरण शुल्क मिनाहा गर्न, लकडाउनका कारण सबैभन्दा बढी असर परेका क्षेत्रहरू पर्यटन, यातायात र कृषि व्यवसायलाई विशेष राहतको प्याकेज घोषणा गर्न, नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी लगानी गरिएका पर्यटन व्यवसायीको लगानीलाई सुरक्षित गर्न र यो व्यवसाय धराशयी बन्न नदिन सरकारले आगामी १ वर्षसम्म ऋणको सम्पूर्ण ब्याज मिनाहा गरी, आर्थिक राहतको प्याकेज घोषणा गर्न समेत माग गरेका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)