ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नगद नहुनेलाई भत्ता कार्ड धितो राखेर खाद्यान्न वितरण

२०७७ जेठ, ४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

जेठ ४, सल्यान । सल्यानको दार्मा गाउँपालिकाले नगद नहुने स्थानीयलाई भत्ता कार्ड वा सहकारी बचत धितो राखेर खाद्यान्न उपलब्ध गराएको छ । 

सहकारीबाट खाद्यान्न किन्न नगद नहुनेले भत्ता कार्ड धितो र सहकारी सदस्यले बचत धितो राखेर खाद्यान्न लिनसक्ने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए । 

उनले भने ‘लकडाउनका बेला नगद अभाव भोगिरहेका गाउँपालिकाबासीलाई सहकारीमा गएर भत्ता कार्ड र सहकारीको सदस्य हुनेले बचत धितो राखी खाद्यान्न लिनसक्ने व्यवस्था मिलाएका छौं ।’  

सहकारीलाई खरीद मूल्यमा तीन प्रतिशत मात्रै नाफा लिएर उपभोक्ताकै घर घरमा पुर्‍याउने सहमतिमा खरीद विक्रीको अनुमति दिइएको उनले बताए । 

उनले भने ‘हामीले ४२ ओटा सहकारीलाई दरखास्त दिन भनेका थियौं, जसमध्ये चारओटा साना किसान कृषि सहकारी संस्था तयार भए, गाउँपालिकाले एकमुष्ट ढुवानी भाडा दिनेगरी खाद्यान्न वितरण थालिएको हो ।’ 

हरेक टोलमा गठन गरिएका खोजी तथा निगरानी समूहले मागेको तथ्यांक लिने र त्यसैको अधारमा सहकारीले खाद्यान्न पुर्‍याउने व्यवस्था गरेको भल्चौर साना किसान कृषि सहकारी संस्था का अध्यक्ष हरिकला मल्लले बताइन् । दार्मा वडा न ३ र ४ मा १५२ क्विन्टल चामल, ६ क्विन्टल नुन र ७०० लिटर तेल वितरण गरिएको उनको भनाइ छ । 

सुलभ मूल्यमा उपलब्ध गराइएको खाद्यान्नबाट ४११ घरधुरी लाभान्वित भएको मल्लले बताइन् । गाउँपालिकाका चार ओटा सहकारी मार्फत ६ ओटा वडाका एक हजार ९२७ घरधुरीमा ७३२ क्विन्टल खाद्यान्न उपलब्ध गराएको छ । 

गाउँपालिकाले सहकारीमार्फत उपलब्ध गराएको खाद्यान्न सस्तो मूल्यमा उपभोक्ताले आफ्नै घर आँगनबाट खरीद गर्न पाएका हुन् । 

समुदायस्तरबाट सहमति भई वडाबाट सिफारिस भएका ३७ घरधुरी अति विपन्न परिवारलाई गाउँपालिकाले निःशुल्क राहत प्रदान गरेको छ । 

राहतका लागि निवेदन दिएका ४८४ घर परिवारलाई समुदायलाई समुदायको सर्वसम्मत सहमति र वडाको सिफारिस आएसँगै वितरण गर्ने व्यवस्था गरेको गाउपालिकाले जानकारी दिएको छ । अहिले १६ टन चामल लगायतका खाद्य सामग्री मौज्दात रहेको गाउँपालिकाको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)