ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे १५ हजारलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

२०७७ जेठ, ६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

जेठ ६, सल्यान । लकडाउनका समयमा सल्यानका स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा वितरण गर्नु पर्ने ज्येष्ठ नागरिक, एकल, अपांगता, दलित र बालपोषण भत्ता घरमै पुगेर वितरण गरिएको हो । दशओटै स्थानीय तहका १५ हजार ५४० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । 
शारदा नगरपालिकामा दुई हजार ९९५, वनगाड कुपिण्डे नगरपािलकामा तीन हजार २३, त्रिवेणी गाउँपालिका एक हजार २००, कुमाख गाउँपालिकामा दुई हजार २०० र शिद्धकुमाख गाउँपालिकामा एक हजार ९७ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । 

यस्तै, कालीमाटी गाउँपालिकामा एक हजार ४००, छत्रेश्वरी गाउँपालिकामा एक हजार ९००, कपुरकोट गाउँपालिकामा एक हजार ४०२ र दार्मा गाउँपालिका २२३ जनालाई भत्ता वितरण गरिएको छ । 

सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले लकडाउनका कारण बैंकसम्म जाने अवस्था नरहेकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए । जनप्रतिनिधि र कर्मचारीहरु परिचालन गरी घरघर पुगेर भत्ता वितरण गरिएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)