ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका यातायात व्यवसायी आर्थिक संकटमा

२०७७ जेठ, ७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । करीब दुई महीनादेखिको लकडाउनका कारण यातायातका साधन सञ्चालन नभएपछि सल्यानका यातायात व्यवसायी संकटमा परेका छन् । लकडाउनका कारण सार्वजनिक यातायात क्षेत्र पूर्णरूपमा प्रभावित बनेको छ भने ढुवानीका साधन पनि छिटफुट मात्रै चलेका छन् । यातायात क्षेत्र प्रभावित हुँदा यातायात व्यवसायी र यातायात क्षेत्रका मजदूर संकटमा परेका हुन् ।

लकडाउन भएसँगै दैनिक काम गरी गुजारा चलाउने मजदूरलाई घरखर्च चलाउन मुश्किल भएको छ । जिल्लामा सल्यान रुकुम यातायात प्रालि, सल्यान शारदा यातायात प्रालि, कुमाख यातायात प्रालि र शारदा यातायात प्रालिका करीब १५० ओटा भन्दाबढी सवारीसाधन छन् । यस्तै शिव गुफा यातायात प्रालि र आरएस यातायात प्रालिमा १०० ओटा भन्दाबढी अटो छन् ।

यातायात व्यवसायी कुलबहादुर पुनले लकडाउनका कारण यातायात व्यवसायी धेरै मर्कामा परेको बताए । अहिले गाडीको किस्ता तिर्नसमेत समस्या भएको उनको भनाइ छ । ‘करीब २ महीना हुन थाल्यो, गाडी चलेका छैनन्, मासिक रू. ४६ हजार गाडीको किस्ता मात्रै तिर्नुपर्छ, चालकलाई तलब दिनुप¥यो,’ पुनले भने, ‘त्यही गाडीले कमाएको पैसाले घरखर्च चलाउँदै आएको थिएँ, अहिले निकै समस्या भएको छ ।’

लकडाउनका कारण यातायात व्यवसायीहरू सबैभन्दा बढी मर्कामा परेको सल्यान शारदा यातायात सेवा प्रालिका अध्यक्ष डम्बर सिंह तिरुवा बताउँछन् । ‘सबै यातायात व्यवसायीले बैंकबाट ऋण लिएर गाडी किनेका हुन्छन्, यस्तो अवस्थामा धेरै व्यवसायीले किस्ता तिर्न सकेका छैनन्,’ उनले भने । अहिले यातायात प्रालि र व्यवसायीको आर्थिक अवस्था कमजोर रहेको उनको भनाइ छ ।

लामो समयदेखि यातायात क्षेत्रमा व्यावसायिक रूपमा जोडिएका सबै मजदूरहरू दोहोरो मारमा परेको सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरविन्द्र कुमार राईले बताए । लकडाउनको प्रत्यक्ष मारमा परेका यातायात व्यवसायीका लागि सरकारले राहतका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । लकडाउन खुलेलगत्तै पनि बैंक किस्ता तिर्न समस्या हुने उनीहरूको भनाइ छ । यातायात क्षेत्र पहिलेकै अवस्थामा जान न्यूनतम १ वर्ष लाग्ने व्यवसायीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)