ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीपी प्रतिष्ठानमा उपकुलपतिको अटेरी : ओपीडी खुलेपछि चिकित्सक तथा स्थानीयवासी त्रसित

२०७७ जेठ, ८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपीडी सेवा शुरू गरेपछि स्थानीय बासिन्दासहित प्रतिष्ठानमै कार्यरत चिकित्सक तथा कर्मचारी पनि त्रसित बनेका छन् । स्थानीय प्रशासन, स्थानीय सरकार तथा चिकित्सकहरूसँग समन्वय नगरी प्रतिष्ठानका उपकुलपतिको ठाडो निर्देशनमा ओपीडी सेवा सञ्चालनले स्थानीयमा त्रासको वातावरण सृजना गरेको स्थानीयवासीका साथै चिकित्सकहरूले आरोप छ ।

पछिल्लो समय प्रदेश नम्बर १ मा पनि कोरोना संक्रमितको संख्या थपिँदै गएको छ । प्रदेशका ७ जिल्लामा कोरोना संक्रमण भइसकेको पुष्टि भइसकेको छ भने थपिने क्रम पनि बढ्दै गएको छ । यस्तो अवस्थामा पनि प्रतिष्ठानको ओपीडी सेवा सञ्चालन गर्नु जोखिमपूर्ण रहेको प्रतिष्ठानकै एक चिकित्सक बताउँछन् । चिकित्सकहरू कारबाहीमा परिने डरले उपकुलपतिको विरोध गर्न नसकिएको उनको गुनासो गर्छन् । एक चिकित्सकले भने, ‘उपकुलपतिको गैरजिम्मेवारी पनि बढ्दै गएको छ, केही दिनअघि पनि संक्रमितलाई अस्पतालमै बोलाएर स्वाब संकलन गर्न लगाइयो, अहिले ओपीडी सेवा नै सञ्चालन गर्न निर्देशन दिइएको छ, यसले धरानमा ठूलो जोखिम निम्त्याउने सम्भावना बढेको छ ।’

प्रतिष्ठानले मंगलवारदेखि मूलगेटबाटै टोकन बाँडेर ओपीडी सेवा सञ्चालन गरेको छ । सामाजिक दूरी कायम गर्दै चिकित्सकले बिरामीलाई चेकजाँच गर्ने भनिएको छ । तर मंगलवार अस्पतालको मूलगेटमा ठूलो भीडभाड भएको धरान १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई बताउँछन् । १८ वडामै प्रतिष्ठान पनि रहेकाले वडावासी त्रसित बनेको उनको भनाइ छ । उनले भने, ‘बिहानदेखि वडावासीले फोन गरेर कुनै निर्णय लिनुप¥यो भन्दै गुनासो गरेका गरेका ग¥यै छन्, हामीसँग कुनै छलफल नै नगरी ओपीडी सञ्चालन गर्दा तनावमा परेका छौं ।’

उनका अनुसार चिकित्सकहरूले पनि ओपीडी सेवा सञ्चालनलाई रोक्नु भन्दै गुनासो गरिरहेका छन् । प्रतिष्ठानमा धरानका मात्रै बिरामी आउँदैनन्, प्रदेश नम्बर १ र २ सहित भारतीय क्षेत्रबाट पनि बिरामी आउने गर्दछन् । ओपीडी सेवा शुरू गरेपछि बाहिरबाट पनि बिरामी आउने भएकाले धरानमा झन् जोखिम बढाउने सम्भावना रहेको उनले बताए ।

स्थानीय तहले कोरोनाको जोखिमबाट बच्न सुरक्षा रणनीतिलाई पनि अटेर गर्दै स्थानीय तहसँग कुनै समन्वय नगरी ओपिडी सेवा सञ्चालन गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । धरानका प्रमुख प्रतिष्ठानको सिनेट सदस्य रहने प्रावधान छ । तर दुवै हैसियतमा प्रतिष्ठानले छलफल नगरेको उनको भनाइ छ । उनले भने, ‘वास्तविक रूपमा बिरामीको सेवा दिन नै खोज्नु भएको हो भने बधाई दिन चाहन्छु, तर आर्थिक समस्या प¥यो भनेर अहिलेको अवस्थामा परिस्थिति अनुकूलको विषयमा गम्भीर हुनुपर्ने अवस्थामा ओपीडी सेवा सञ्चालन गर्नु उचित छैन ।’ ओपीडी सेवा सञ्चालन भएपछि धराने जनताले बारम्बार फोन गरेर गुनासो गर्दै प्रतिष्ठानको निर्णयप्रति हस्तक्षेप गर्न सुझाव दिइरहेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)