ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनले धरानका ५०% भन्दा बढी योजना कटौती

२०७७ जेठ, ११  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । धरान उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा कमी आएपछि नगरका ५० प्रतिशतभन्दा बढी योजना कटौती हुने भएका छन् । कोरोनाको संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सरकारले घोषणा गरेको लडाउन पनि लम्बिँदै गएपछि धरानको आन्तरिक राजस्व संकलनमा कमी आएको छ । यस्तै प्रदेश सरकारबाट आउने ३० करोड रुपैयाँ नआउने निश्चित भएको छ । सोही कारण वडाको योजना, नगरस्तरीय योजना ५० प्रतिशतभन्दा बढी कटौती हुने धरान उपमहानगरपालिका प्रमुख तिलक राईले बताए ।

उनका अनुसार शुरू नभएको नगर गौरवका योजना र वडाका योजनाहरू कटौती, सम्झौता नभएका योजनाको सम्झौता नगर्ने, भर्खर मात्र शुरू भएका तर पूरा नभएका योजना कार्यान्वयन नगर्ने र जुन योजनाको काम ८० प्रतिशत पूरा भएका छन्, ती आयोजना मात्र अघि बढ्ने भएका छन् । लकडाउनका कारण धरानको भौतिक पूर्वाधार विकासको बजेट कटौती गरेर उपमहानगरपालिकाले राहत वितरणमा खर्च गर्नुपर्ने अवस्था आएको नगर प्रमुख राईले बताए ।

उनले भने, ‘विदेशबाट र विभिन्न संघसंस्थाबाट भएको सहयोग २० देखि २५ प्रतिशत मात्र राहतमा सहयोग भएको छ । बाँकी ७५ प्रतिशत बजेट उपमहानगरपालिकाकै बजेटबाट व्यवस्थापन गर्नुपरेको छ ।’ राहत सहयोगमा खर्च भएको रकम कुनै न कुनै योजना, भौतिक पूर्वाधार, चालू बजेटबाटै कटौती गर्नुपर्ने स्थिति रहेको उनले बताए । योजना कटौती गरेर राहतमा रकमान्तर गर्न केही समयका लागि मात्र भए पनि नगरसभा बस्नुपर्ने हुन्छ । यसका लागि पारदर्शिता र प्रक्रिया पूरा गर्न नगरसभा छोटो समयका लागि भए पनि बस्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)