ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानको विष्णुपादुकामा सामूहिक बेसार खेती

१५ बिगाहाबाट ५० टन बेसार उत्पादन गर्ने लक्ष्य

२०७७ जेठ, १२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । बेसार जोन घोषणा भएको सुनसरीको धरान उपमहानगरपालिका–२० का किसानहरूले सामूहिक रूपमा बेसार खेतीको शुरूआत गरेका छन् । राज्यले नै धरान उपमहानगरपालिकाको उक्त वडालाई कृषि क्षेत्र घोषणा गर्दै बेसार जोनको रूपमा विकाश गर्ने अवधारणा अघि सारेको थियो ।

वडाको विष्णुपादुकास्थित माछामारामा रहेको प्रगति बेसार उत्पादन किसान समूहले पहिलोपटक सामूहिक बेसार खेतीको शुरूआत गरेका हुन् । समूहमा आवद्ध स्थानीय १९ घरपरिवारले १५ बिगाहा जमीनमा सामूहिक खेती गरेका छन् । समूहले वार्षिक ५० टन बेसार उत्पादनको लक्ष्य राखेको छ ।

धरानमा बेसारको पकेट क्षेत्र रहेको विष्णुपादुकामा अघिल्लो वर्षहरूमा व्यक्तिगत रूपमा खेती गर्दै आएकोमा यसपटक भने सामूहिक खेतीको सुरूआत गरिएको छ ।

किसानहरूलाई संगठित गर्ने उद्देश्यका साथ सामूहिक खेतीको शुरूआत गरिएको समूहका अध्यक्ष प्रेमकुमार राइले बताए । युवा पुस्ता कृषिबाट पलायन भइरहेको कारण सामूहिक खेतीमार्फत उनीहरूलाई कृषि तथा स्वरोजगार बनाउन र रोजगारको सृजना गर्ने अपेक्षा गरिएको अध्यक्ष राइको भनाइ छ । सामूहिक खेतीले किसानहरूलाई संगठित बनाउन र व्यवसायिकरूपमा समेत फाइदा हुने अध्यक्ष राइले बताए ।

जमीन भाडामा लिएर पहिलोपटक सामूहिक बेसार खेतीको शुरूआत समूहले गरेको बताएको छ । मौसम र मल सबै मिलेमा ५० टन भन्दाबढी बेसार उत्पादन हुने अध्यक्ष राइ बताउँछन् । हाल १ किलो बेसारको बजारमूल्य रू. १४५ छ । समूहले सोचेअनुरूप उत्पादन भए करीब रू. १ करोड बराबरकोे उत्पादन हुनेछ ।

प्रधानमन्त्री कृषि जोनमा आबद्ध भएर प्रस्ताव पेश गर्ने तयारी गरिरहँदा लकडाउन शुरू भएको कारण प्रस्ताव पेश गर्न नसकेको समूहको भनाइ छ । करीब दुई महीना लगाएर बेसार खेती गरिएको समूहका सचिव चक्र राइले बताए । उनका अनुसार सामूहिक खेतीमा प्रति केजी रू. ६० को दरले १ हजार ४२५ किलो बेसारको बीउ प्रयोग भएको छ ।

‘यहाँ खेती गर्ने स्थानमा बाली नलगाएकोले घारी रहेको थियो । हामीले यस जग्गालाई लिजमा लिएर दुई महीना लगाएर घारी फडानी गरी खेती शुरू गरेका छौ’, राइले भने, ‘किलोको रू. ६० पर्ने बीउको कुल खर्च रू. ८५ हजार ५०० रहेको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)