ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा लकडाउनयता ३० लाख बराबरको काठ बरामद

२०७७ जेठ, १२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । डिभिजन वन कार्यालय, सुर्खेतले लकडाउन शुरू भएयता ३० लाख बराबरको काठ बरामद गरेको छ । कार्यालयले सञ्चालन गरेको ‘लकडाउन विशेष वन संरक्षण गस्ती’ले ७०० क्यूफिटभन्दा बढी  सालको चिरान तथा गोलिया काठ बरामद गरेको हो । वन कार्यालयले करीब ५० क्यूफिट काठसहित तस्करीमा संलग्न पाँचजनालाई पक्राउ गरी मुद्दा चलाएको छ । तस्करी गर्न लागेको अवस्थामा वनबाटै पक्राउ गरी दुई जनाविरुद्ध २५ क्यूफिट काठको बिगोसहित मुद्दा दर्ता हुने क्रममा रहेको जिल्ला वन अधिकृत गोविन्द दाहालले जानकारी दिए ।

लकडाउनको मौका छोपी स्थानीयवासीले काँक्रेविहार संरक्षित वन क्षेत्रका जरायो शिकार गर्ने गरेको पाइएको उनले बताए । ‘सम्भवतः वन क्षेत्रको आकार र त्यहाँ भएका वन्यजन्तुको संख्या समानुपातिक नभएर होला, जरायोहरू वन क्षेत्रबाट बाहिर निस्कने गरेको पाइयो,’ जरायोको शिकार गर्ने क्रममा घाइते अवस्थामा भेटिए, गोली लागेका र मृत अवस्थामा फेला पार्‍यौं,’ उनले भने । लगातार जरायो मारिएका घटना सार्वजनिक भएपछि डिभिजन वन कार्यालयले निगरानी बढाएको छ ।

लकडाउन अवधिमा मृग एक, जरायो तीन मृत अवस्थामा फेला परेको कार्यालयले बताएको छ । मृत वन्यजन्तु कर्मचारीको रोहवरमा व्यवस्थापन गर्नुका साथै एक÷एक रतुवा र मृगलाई सुरक्षित वासस्थानमा छाडिएको छ । घाइते अवस्थामा फेला परेका दुई जरायोको उपचारका क्रममा मृत्यु भएको, सकुशल फेला परेको मृगको बच्चालाई कार्यालयमै उद्धार गरी राखेको तथा बस्तीमा फेला परेको एक जरायोलाई पुनः संरक्षित क्षेत्रमै छाडिएको डिभिजन वन कार्यालय सुर्खेतले बताको छ ।

लकडाउनको अवधिमा जिल्लाका विभिन्न स्थानमा वनक्षेत्र अतिक्रमण गरी बनाइएका तीनओटा घर टहरा वन गस्तीले हटाएको छ । वन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले जिल्लामा उपत्यकाबाहेक दुई क्लस्टरमा विभाजन गरी गस्ती बढाइएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)