ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाविरुद्ध खटिने जनप्रतिनिधि र कर्मचारीको कोरोना बीमा

२०७७ जेठ, १३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९)को रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने जनप्रतिनिधि र कर्मचारीको संस्थागत बीमा गर्ने भएको छ । गाउँपालिकाले उनीहरूको अधिकतम रू. १ लाख बराबरको कोरोना जोखिम बीमा गर्ने भएको हो ।

केही दिनअघि सम्पन्न गाउँ कार्यपालिका बैठकले जोखिमपूर्ण रूपमा कोरोनाविरुद्ध लड्ने सबैको बीमा गर्ने निर्णय गरेको थियो । ‘कोरोना भाइरसको रोकथाम, उपचार तथा व्यवस्थापनमा खटिएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा यस कार्यमा संलग्न सबैको बीमा गर्नेछौं,’ गाउँपालिका अध्यक्ष सन्तोष केसीले भने । यसका लागि बीमा कम्पनीसँग छलफल भइरहेको उनको भनाइ छ । कोरोना भाइरस रोकथामका लागि अग्रपंक्तिमा रहेर खटिएका जनप्रतिनिधि र कर्मचारीलाई हौसला प्रदान गर्न बीमा गर्न लागिएको उनले बताए ।

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले तथ्यांक संकलन गरेर मंगलवारसम्ममा बीमा गर्ने तयारी भइरहेको बताए । गाउँपालिकाका ३७ जनप्रतिनिधिसहित वडा कार्यालयदेखि गाउँपालिकाको कार्यालयसम्म कोरोना रोकथामका लागि खटिने कर्मचारीको बीमा गरिने उनको भनाइ छ ।

बीमा गरेपछि कोही जनप्रतिनिधि वा कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएमा उसले बीमा कम्पनीबाट अधिकतम रू. १ लाख रुपैयाँ पाउनेछ । यसका लागि सरकारी तवरबाट पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ भएको पुष्टि हुनुपर्नेछ । बीमाको म्याद १ वर्षको हुनेछ ।

यसैबीच, गाउँपालिकाले दोस्रो चरणको राहत वितरणको तयारी गरेको छ । कोरोना रोकथामका लागि सरकाले जारी गरेको लकडाउनका कारण समस्यामा परेका गाउँपालिकाका सबै वडाका विपन्न परिवारलाई दोस्रो चरणको राहत वितरण गर्न लागिएको गाउँपालिकाले बताएको छ । वडा कार्यालयले सर्वदलीय र सर्वपक्षीय राय सुझाव संकलन गरिरहेको र उक्त राय सुझाव तथा मापदण्डका आधारमा राहत वितरण गर्ने तयारी रहेको गाउपालिकाको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)