ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारलाई खबरदारी गर्न औद्योगिक प्रतिष्ठानका गेटमा ब्यानर

‘आर्थिक विकास र रोजगारको आधार, उद्योग व्यवसाय संकटमा छ सरकार’ 

२०७७ जेठ, १४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
विराटनगरस्थित मुलुकको अग्रणी औद्योगिक घराना गोल्छा निवासमा सरकारलाई खबरदारी गर्न बुधवार टाँगिएको ब्यानर । तस्वीर : बेदराज पौडेल/ आर्थिक अभियान
author avatar वेदराज पौडेल

जेठ १४, विराटनगर । यस क्षेत्रका उद्योग, औद्योगिक घराना र प्रतिष्ठानहरुमा बुधवार विहानबाट कालो अक्षरमा एकै खाले ब्यानर टाँगिएका छन् । 

जसमा भनिएको छ ‘आर्थिक विकास र रोजगारको आधार, उद्योग, व्यवसाय संकटमा छ सरकार’ ।

संकट समाधानका लागि हाम्रो खबदारी लेखिएका ब्यानर सरकारलाई नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई बुझाएको माग पुरा गराउन दबाब दिने उद्धेष्यले उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ र विराट ब्यापार संघको आव्हानमा उद्योगीहरुले त्यसरी ब्यानर टागेका हुन् । 

उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ र विराट व्यापार संघले आफ्नो कार्यालय अगाडी ब्यानर टागेका छन् । त्यसैगरि औद्यागिक घराना, औद्योगिक प्रतिष्ठान, सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरुको गेटमा समेत ब्यानर टाँगिएका छन् ।

 

बुधवार मुलुकभरिका उद्योग वाणिज्य संघका कार्यालय अगाडी ब्यानर टाङ्ने कार्यक्रम रहेको छ । 

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योग संगठन, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई आगामी बजेटमा सम्बोधन गर्नेगरि पेश गरेको माग पुरा गराउन दबाब दिने उद्धेष्यले औद्योगिक प्रतिष्ठान लगायतमा सबैले देख्ने गरि ब्यानर टाँगिएको बताए । 

सरकारको राष्ट्रिय नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य पुरा गर्ननै आफुहरुले रोजगारीको सृजना गर्न र मुलुकलाई आर्थिक योगदान पुर्‍याउनकै लागि माग पेश गरिएको घिमिरेले उल्लेख गरे । 

उनले भने, ‘आर्थिक समृद्धिका आधार भनेका नै उद्योगहरु हुन् अहिले तिनै उद्योग संकटमा छन्, त्यसैले सरकारले उद्योगीका मागप्रति नजरअन्दाज गर्न मिल्दैन ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)