ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेश सरकारले माग्यो सेना परिचालन गर्न अनुमति

कर्णाली प्रदेशमा ८ दिन सार्वजनिक विदा दिइने

२०७७ जेठ, १४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

जेठ १४, वीरेन्द्रनगर  । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण तथा रोकथाम नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न नेपाल सरकारसँग स्वीकृति मागेको छ ।

कोरोना महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्धार र क्वारेन्टाइन व्यवस्थापनका लागि नेपाली सेना परिचालनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । 

उनले नेपाली सेनासमेत परिचालन गर्नुपर्ने स्थितिमा सोको स्वीकृतिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

कर्णाली प्रदेश सरकारले प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेकोछ  । 

 साथै प्रदेशमा कर्णाली प्रदेशमा व्यापार(व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने गर्ने निर्णय गरिएको उनले बताइन् ।
 सरकारले कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ का सिद्धान्त, उदेश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

यसैगरी कर्णाली प्रदेशमा ८ दिन सार्वजनिक विदा दिइने भएको छ । प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले विसं २०७७ सालमा ८ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । 
बैठकले निर्णय गरेर राजपत्रमा प्रकाशित गर्न सिफारिससमेत गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)