ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन क्षेत्रको पूर्वाधार विकासमा रू. २ करोड खर्च गरिँदै

२०७७ जेठ, १६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा पर्यटन क्षेत्रको पूर्वाधार विकासमा रू. २ करोड खर्च गर्न लागिएको छ । जिल्लामा रहेका विभिन्न प्राकृतिक तथा धार्मिक सम्पदाको पूर्वाधार विकासमा उक्त रकम खर्च लागिएको हो । प्राकृतिक तथा सांस्कृतिक सम्पदाले अब्बल मानिएको सल्यानमा चालू आर्थिक वर्षमा ती सम्पदाको पूर्वाधार विकास गर्न लागिएको छ ।

जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र कुपिण्डे ताल, खैरावाङ मन्दिर, छत्रेश्वरी लगायत सम्पदाहरूमा पूर्वाधार विकास गर्न थालिएको छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले पूर्वाधार विकासको काम शुरू गरिएको डिभिजन वन कार्यालय सल्यानले बताएको छ ।

चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको विनियोजित बजेटबाट वन कार्यालय मार्फत जिल्लामा पर्यटन पूर्वाधारको काम शुरू गरिएको छ, जसअनुसार चालू आर्थिक वर्षमा जिल्लाका ६ ओटा पर्यटकीय क्षेत्रमा रू. २ करोड बराबरको पूर्वाधार विकास गर्न थालिएको डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले जानकारी दिए ।

जिल्लाको कुपिण्डे तालमा पूर्वाधार विकासका लागि रू. ४० लाख, खैरावाङ मन्दिरका  लागि रू. ४० लाख, छत्रेश्वरी धाम पूर्वाधार विकासका लागि रू. ३० लाख, चाँदनी सातसते गुफाका लागि रू. २० लाख, लक्ष्मीपर पर्यटन पूर्वाधारका लागि रू. २० लाख र सिद्धगुफा पर्यटन पूर्वाधारका लागि रू. ५० लाख विनियोजन भएको छ ।

तीमध्ये छत्रेश्वरी धाम, चाँदनी साततले गुफा र खैरावाङ मन्दिरमा पूर्वाधार विकासका लागि सम्झौता भई कार्यान्वयनको चरणमा रहेको गिरीले जानकारी दिए । बाँकी तीन ठाउँको कार्यालयले सर्भे गरी लागत अनुमान तयार पारेको र सम्झौता गरेर काम अगाडि बढाउने प्रक्रियामा रहेको उनले बताए ।

उनका अनुसार जिल्लाका पर्यटकीय क्षेत्रमा सिढी, प्रतीक्षालय, प्रवेशद्वार लगायत विभिन्न काम सञ्चालन गरिनेछ । कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण समयमा नै काम सुचारु गर्न नसकिएको भन्दै उनले अहिले आवश्यक सतर्कतासहित भौतिक दूरी कायम गरेर काम सुचारु गरिएको जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)