ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीको नीति तथा कार्यक्रम आज

३४ अर्ब बजेट ल्याउने तयारी

२०७७ जेठ, १६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

जेठ १६, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रमको तयारी पूरा गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम आज (शुक्रवार) संसद्मा प्रस्तुत गर्ने भएको छ । आगामी असार १ गते करीब ३४ अर्ब हाराहारीको बजेट ल्याउने तयारी प्रदेश सरकारको तयारी छ ।

आगामी आवमा चालू आवको भन्दा कम आकारको बजेट ल्याउने तयारी गरिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार आगामी बजेट विशेषगरी स्वास्थ्य र उत्पाननमा केन्द्रित गरिनेछ  । ‘यस पटक बजेटको स्रोत धेरै नभएकाले बजेटको आकार घटाउन लागिएको हो,’ उनले भने । संघीय बजेट प्रस्तुत भएपछि कर्णाली प्रदेश सरकारलाई बजेट ल्याउन सहज भएको उनले बताए ।

अधिकांश ठूला योजना बजेटमा समेटिने उनको भनाइ छ । कर्णालीका नागरिकलाई ‘रोग र भोक’बाट जोगाउने लक्ष्यसहितको बजेट ल्याउने तयारी भइरहेको उनले बताए । ‘स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेका छौं,’ उनले भने । सबैभन्दा अस्पतालमा भौतिक संरचनाको विकास गर्ने, सामग्री खरीद गर्ने, आईसीयू, भेन्टिलेटर थप्ने, बेडहरूको व्यवस्थापन गर्ने, स्वास्थ्यकर्मी तथा कर्मचारी नियुक्ति गर्ने र आम नागरिकलाई स्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारको मुख्य उद्देश्य रहेको उनले बताए । रोग नियन्त्रणपछि सरकारको प्राथमिकता भोक निवारणमा भएकाले उत्पादन र रोजगारी बढाउने खालका योजनामा बजेट केन्द्रित गरिने उनले जानकारी उनले दिए ।

‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार : कर्णाली समृद्धिका लागि दिगो पूर्वाधार’ नाराका साथ बजेट ल्याउन लागिएको जानकारी उनले दिए । ‘अत्यावश्यक भौतिक पूर्वाधारमा लगानी जानेछ, अनावश्यक योजनामा बजेट गएको भए हेरफेर हुनेछ,’ उनले भने, ‘क्रमागत आयोजनालाई पनि बजेट विनियोजन हुनेछ, व्यावसायिक उत्पादन र सुरक्षामा ध्यान दिनेगरी बजेट आउँछ, वितरणमुखी हुँदैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)