ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यवसायी भन्छन् : सरकारले पेट्रोलियममा १० रुपैयाँ मूल्य बढाउँदा पनि तस्करी रोकिदैंन

२०७७ जेठ, १७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

जेठ १७, विराटनगर । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालबाट भारततीर तस्करी हुंदै आएको पेट्रोलियमको मूल्य प्रतिलिटर रू.१० बढाए पनि तस्करी नरोकीने व्यवसायीहरुले बताएका छन् । 

पेट्रोलको मूल्यवृद्धि अघिको मूल्यमा भारतमाभन्दा नेपालमा रू.२७ प्रतिलिटर सस्तो थियो । अर्थमन्त्रीले रू.१० मूल्य बढाएपछि रू.१७ लिटरमा भारतमा सस्तो पर्न जानेका भएकाले तस्करी नरोकीने ब्यवसायीहरुले दाबी गरेका छन् । 

झापादेखि मोरङ सुनसरी, सप्तरी, सिरहा लगायतका भारतसँग सीमा जोडिएका क्षेत्रमा रहेका पम्पहरुबाट पेट्रोल डिजेल ९० प्रतिशत भारत नै जान्छ । मट्टितेल भने भारतभन्दा नेपालमा रू.२५ महंगो भएकाले भारत जाँदैन । 

भारतले राशन कार्डमा रू.१५ मा प्रतिलिटर उपभोक्तालाई दिइरहेकाले नेपालबाट भारततर्फ तस्करी भएर नजाने पेट्रोलियम डिलर एशोसिएशन कोशीका निवर्तमान अध्यक्ष मुकुन्द न्यौपानेले बताए । 

उनका अनुसार शनिवारको नेपालको पेट्रोलको मूल्य रू. ९४ र ५० पैसा रहेको छ भने भारतमा रू.१२३  र ५० पैसा रहेको छ । पेट्रोल भारतमाभन्दा नेपालमा प्रतिलिटर रू.२८  र ७० पैसा सस्तो छ । त्यसैगरि डिजल नेपालमा प्रतिलिटर रू.८३ र ५० पैसा छ भने भारतमा रू.११२ प्रतिलिटर मूल्य छ । डिजलमा भारतमाभन्दा नेपालमा रू.२८ र ५० पैसा लिटरमा सस्तो रहेको छ । 

मट्टितेल र डिजेलको मूल्यमा समनता कायम गरेर मिसावट हुने रोक्न नेपाल सरकारले आयल निगमलाई मट्टितेलमा भन्सार र करमा छूट दिएको छ । सरकारले रू.१० मूल्य वृद्धि गरेर नेपालबाट भारततीर हुँदै आएको पेट्रोलियमको तस्करी नरोकीने व्यवसायीहरु बताउँछन् । 

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे सीमावर्ती क्षेत्रमा रहेका पम्पहरुबाट ९० प्रतिशतसम्म डिजेल र पेट्रोल पारी गइरहेको बताउँछन् । 

सरकारले बजेटमार्फत त्यसलाई रोक्न मूल्यवृद्धि गरेपनि त्यसले खासै प्रभावकारी काम नगर्ने उनले बताए । सरकारले भारत र नेपालको पेट्रोलियमको मूल्य बराबर बनाउँन नेपालमा रू.३० मूल्य वृद्धि गर्नुपर्ने धारणा उनको छ । 

उनले सरकारले प्रतिलिटर रू.३० मूल्यवृद्धि गरेर त्यसको साटो किसान, व्यवसायी, उद्योगी लगायतका उपभोक्तालाई विद्युत्, कर र भन्सारमा लाग्ने शुल्कमा छूट गरेर तस्करी रोक्न सकिने बताए । 

उनले पेट्रोलियमको मूल्यवृद्धिलाई समायोजन गर्न किसानलाई त्यसको सट्टामा विद्युतमा छूट दिनुपर्ने, उद्योगीलाई कच्चा पदार्थ ल्याउँदा त्यसमा भन्सारमा केही प्रतिशत छूट दिए तस्करी रोक्न प्रभावकारी कदम हुने बताए ।

पेट्रोलियम डिलर एशोसिएशन कोशीका पूर्व अध्यक्ष एवं पाथीभरा पेट्रोल पम्प कटहरीका संचालक अरविन्द शर्माले सीमामा भएका पम्पहरुमा भारतबाट ट्रयाक्टरमा हाल्न, पम्पसेटमा हाल्न तेल लिन आउने गरेको बताए । सीमा क्षेत्रमा नेपालतिर पम्प उनीहरुलाई नजिक पर्ने भएकाले  तेल लिन आउने गरेका र आफूहरुले तेल दिने गरेको उनले बताए । 

उनी भन्छन् ‘तेल तपाईंले बेच्दिन भन्न मिल्दैन, फेरि तेरो नागरिकता देखा भन्न पनि मिल्दैन, पम्पमा तेल लिन आएपछि दिनैपर्छ ।’सरकारले तस्करी रोक्ने उद्धेश्यनै राखेको भए प्रतिलिटर रू.३० मूल्य बढाउनु पर्ने उनले बताए । 

प्रतिलिटरमा रू.३० मूल्यवृद्धि गर्दा उपभोक्ता मारमा पर्ने भएकाले उनीहरुलाई सहुलियत कार्डमार्फत सहुलियत दिनु पर्ने र अन्यलाई वृद्धि गरेकै मूल्यमा विक्री गर्नुपर्ने उल्लेख गरे । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)