ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्दु कोरिडोरको काम अघि बढाइँदै

२०७७ जेठ, १८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । वर्षेनि वर्षाको समयमा धरानको सर्दु खोलाले पार्ने क्षतिको न्यूनीकरणका लागि धरान उपमहानगरपालिकाले सर्दु कोरिडोरको योजना अघि बढाएको छ । सर्दु कोरिडोरलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गरेपछि काम अघि बढेको हो । नेकपाका स्थानीय नेताका साथै प्रदेश र संघीय सांसदहरूको पहलमा उक्त कोरिडोरको योजना पास भएको थियो ।

सर्दु कोरिडोरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाले निर्माणका लागि बहुवर्षीय योजनामा प्रदेश सरकारले अघि सारेको छ । प्रदेश सरकारले २ वर्षभित्र सम्पन्न हुनेगरी कोरिडोर निर्माणका लागि जेठ ९ गते टेण्डर आह्वान गरिएको छ ।

प्रदेश सरकार सर्दु कोरिडोरका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा विनियोजित बजेट पनि बहुवर्षीय योजनामै समावेश गरेर योजनालाई क्रमागतमा पारिएको हो । पहिलो चरणमा धरान–१७ पटनाली जाने सर्दु पुलदेखि धरान १६ स्थित देवी मार्गको झोलुङ्गे पुलसम्म करीब ५ किलोमिटर निर्माण गरिनेछ ।

सर्दु कोरिडोर बहुवर्षीय योजना भएकाले संघले चालू वर्षमा विनियोजन गरिदिएको ५ करोड रुपैयाँ पनि यसै योजनामा गाभिन सक्ने सम्भावना नेकपाका धरान इन्चार्ज चोत्लुङले बताए । ‘प्रदेश सरकारको बजेटले पहिलो चरणमा ट्र्याक खोल्ने, सडक ग्राभेल गर्ने, तटबन्धको काम गरिनेछ भने दोस्रो चरणमा कालोपत्रको काम अघि बढाइनेछ,’ उनले भने ।

सेउती र सर्दु कोरिडोरका लागि तत्कालीन धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीको पहलमा संघीय सरकारले १० करोड विनियोजन गरेको थियो । यस्तै प्रदेश सरकारले ८ करोड रुपैयाँ छुट्याएको थियो । तर विविध कारण योजना अघि बढ्न सकेको थिएन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)