जेठ १८, वीरेन्द्रनगर । कर्णाली प्रदेशका पाँच ओटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । भारतबाट फर्किएका नागरिकहरुमा कोरोना संक्रमण देखिएको हो ।
कोरोनाकै कारण कर्णाली प्रदेशमा एक जनाको मृत्यु भएको छ भने आइतवार बिहानसम्म १२३ जनामा कोरोना संक्रमण देखिएको छ ।
कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट, सल्यान र मुगु जिल्लामा कोरोना संक्रमण देखिएको समाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
आइतवार बिहान कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १२३ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमितमध्ये दैलेखका एकजनाको शनिवार मृत्यु भएको छ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार अब संक्रमितको संख्या दैलेखमा ४८ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जना र मुगुमा १ जना पुगेको छ ।
संक्रमित पुष्टि भएका बाजुरा र बझाङका २ जना पनि कर्णाली प्रदेशमै उपचाररत रहेका उनले बताए ।