ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेशमा ६ हजार जनाको पीसीआर परीक्षण

२०७७ जेठ, १९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

जेठ १९, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा १३ हजार जनाको यापिड डाइग्नोस्टीक टेस्ट (आरडीटी) र ६ हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।

आइतवारसम्म कर्णली प्रदेशमा १३ हजार २०३ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए । 

जसमध्ये १३६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने १३ हजार ६७ जनाको नेगेटिभ आएको कँडेलले बताए । यसैगरी पीसीआर विधिबाट हालसम्म ६ हजार ९९१ जनाको परीक्षण गरिएको छ ।

पीसीआर परीक्षणमा १२३ जनाको रिपोर्ट पोजेटिभ आएर कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६ हजार ४९४ जनाको नेगेटिभ र ३७४ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख कँडेलले जानकारी दिए । 

अहिलेसम्म कर्णालीका चार जिल्ला सुर्खेत, दैलेख, कालिकोट, मुगु, जुम्ला र सल्यानमा कोरोना संक्रमित भेटिएका छन् । संक्रमित सबै भारतबाट फर्किएका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)