ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीपी प्रतिष्ठानले भिड व्यवस्थापन गर्न नसकेको सेवाग्राहीको गुनासो

उपचारका लागि दैनिक ४७५ जनाको कोटा

२०७७ जेठ, २०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

जेठ २०, धरान । लकडाउनकै बिचमा शुरु गरिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अव्यवस्थीत रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । 

ठूलो भिडभाड हुँदा कोरोनाको संक्रमण फैलिन सक्ने भएकाले पनि प्रतिष्ठानले व्यवस्थापन गर्न नसक्दा जोखिम बढ्न सक्ने प्रतिष्ठान आएका बिरामीहरु नै बताउँछन् । टोकन वितरण, बिल काट्ने कुराहरुमा व्यवस्थापन नभएको उनीहरुको भनाइ छ । 

प्रतिष्ठानले सेवा दिने कोटा तोके पनि त्यो भन्दा बढी सेवाग्राहीहरु आउँदा थप समस्या भएको इटहरीबाट उपचारका लागि आएका हरि खतिवडा बताउँछन् । उनले भने, ‘आज ५० जनाको जाँच गर्ने भनेका छन्, तर सयको लाइन लागेको छ, कोटा अनुसारको लाइन लगाएर बाँकीलाई छुटाइदिँदा अलिक सहज हुन्थ्यो, तर त्यस्तो व्यवस्थापन भएको छैन ।’ 

बिरामीका आफन्तहरु बिहान ५ बजे देखि लाइनमा बसेका हुन्छन् । कुपन भने ८ बजे देखि वितरण हुने गरेको छ, यसले पनि सेवाग्राहीलाई समस्यामा पारेको उनको भनाइ छ । 

चेकजाँच गर्ने र यस्तो अवस्थामा पनि सेवा सुचारु गर्नु राम्रो रहे पनि व्यवस्थापन नहुँदा कोरोना संक्रमण फैलिन सक्ने कि जोखिम रहेको उनले बताए । सेवाग्राहीहरुमा पनि कमजोरी रहेको उनी बताउँछन् । सेवाग्राहीहरुले पनि संयमता अपनाएर आफै सामाजिक दूरी कायम गरेर सेवा लिन सके राम्रो हुने उनले बताए । 

प्रतिष्ठानले विभिन्न १४ ओटा विभागका लागि भनेर दैनिक ४७५ जनाको लागि कोटा छुट्टाएको छ । कुनै विभागमा १५ जनासम्म कोटा छुट्टाएको छ भने अलि महत्वपूर्ण विभागहरुमा ६० जनासम्म तोकिएको छ । सबै भन्दा बढी मेडिसिन, गाइनो, हाडजोर्नी, बच्चा वार्डहरुमा बढी भिड हुने गरेको छ । 

विभाग भित्रको चेकजाँच गर्ने स्थानमा भने सामाजिक दूरी अनिवार्य गराएर चिकित्सकहरुले सेवा दिईरहेका छन्, तर बाहिर पालोमा बस्ने र टोकन लिने अवस्थामा भने भिडभाड हुने गरेको छ । एकै पटक धेरै संख्यामा सेवाग्राहीहरु आउने भएकाले पनि व्यवस्थापन गर्न समस्या रहेको प्रतिष्ठानका एक सुरक्षाकर्मी बताउँछन् । सेवाग्राहीहरु पनि आफै सचेत नहुँदा बढी भिड हुने गरेको उनले बताए । 

ओपीडी सेवालाई व्यवस्थीत गराउन मापदण्ड अनुसार नै कामहरु भइरहेको प्रतिष्ठानका प्रवक्ता डा. नितेश सापकोटा बताउँछन् । प्रतिष्ठान बढी भिड हुन नदिन मुख्य गेटमै टोकन वितरण गर्ने, भित्र पनि सेनिटाइज गराउने, ज्वरो नाप्नका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको उनले बताए । 

उनले भने, ‘सामाजिक दूरी कायम गराउन गोलो घेरामा राख्ने गरेका छौं, पालै पालो भित्र प्रवेश गराउँछौं, एक पटकमा ५ जना सम्म मात्र भित्र पस्न पाउँछन् ।’ प्रतिष्ठान ठूलो भएकाले पनि व्यवस्थापन केही समस्या हुन सक्ने उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)