ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजार दैनिक ४ घण्टा  खोल्न व्यवसायीको पहल 

२०७७ जेठ, २१  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । लामो लकडाउनको कारण आजित बनेका उद्योगी, व्यवसायीले बजार खोल्न पहल गरेका छन् । विराटनगर बजार तथा व्यवसाय दैनिक कम्तीमा ४ घण्टा खोल्नुपर्ने उनीहरूको माग छ । 

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १, विराट व्यापार संघले संयुक्त रूपमा र छुट्टाछुट्टै गरी प्रशासन लगायत सरोकारवाला निकायसँग लकडाउन खुकुलो पारी उद्योग व्यवसाय सञ्चालनका लागि पहल थालेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, विराट व्यापार संघका अध्यक्ष सुजन थापाले लकडाउन उलंघन बढ्न थालेकाले त्यसलाई व्यवस्थित बनाउन निश्चित समय तोकेर र आलोपालो शैलीमा पसल व्यवसाय खोल्न दिनुपर्ने बताए ।

सोमवार मोरङ व्यापार संघले वस्तुगत संघका प्रतिनिधिसहित नेपाल कपडा व्यवसायी संघ, हार्डवेयर एशोसिएशन, मोरङ इलेक्ट्रिक संघ, खुद्रा व्यापार संघ, नेपाल सुनचाँदी व्यवसायी संघ, मोरङ अटोमोबाइल डिलर्स एशोसिएशन लगायतसँग छलफल गरी बजार ४ घण्टा खोल्ने निर्णय गरेको थियो । 

व्यापार संघले उद्योग सञ्चालक, ढुवानी, श्रमिक व्यवस्थापन एवं आपूर्ति र बजार व्यवस्थापन मिलाउन गर्न आवश्यक प्रोटोकलबारे सुझाव लिन सरोकारवालाहरूसँग छलफल गरेको थियो । छलफलमा सहभागीहरूले स्थानीय बजारमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, तरकारी, मिठाई, किचनवेयर, इलेक्ट्रोनिक्स, विद्युतीय जडान, लत्ता कपडा, जुत्ता तथा पहिरन सामग्री, निर्माण सम्बन्धी, ज्वेलरी, शृंगार, फर्निचर र फिक्सर, अटोमोबाइल्स तथा मेशिनरी स्पेयर पाटर््स आदि व्यवसाय सञ्चालन गर्ने निष्कर्ष निकालेको हो । तर, यसरी सञ्चालन गर्दा कर्मचारी, श्रमिक, उपभोक्तालगायत सबै वर्गलाई मास्कको प्रयोग, स्यानिटाइजेसन, मानवीय दूरी लगायत स्वास्थ्य सुरक्षाका विधि अनिवार्य रूपले अवलम्बन गराउनु पर्नेछ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उपभोक्ता आवागमनको समयमा कम्तीमा ४ घण्टा बजार तथा व्यवसाय सञ्चालन गराउन एकबद्ध भई पहल गर्ने निष्कर्ष निकालेको बताएका छन । उनका अनुसार बैंकका सम्पूर्ण शाखा सञ्चालन गराउन, भन्सार जाँचपासका कार्यलाई तीव्र बनाउनसमेत सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ ।

बन्दाबन्दीलाई मुलुकभरका उद्योगी व्यवसायीले पूर्ण समर्थन गरेर ७० दिनभन्दा बढी समयदेखि उद्योग व्यवसाय बन्द गरेको मुन्दडाको भनाइ छ । विकल्प रहित लकडाउनले सबै क्षेत्र तहसनहस हुन लागेकाले लकडाउन खुकुलो बनाउन आफूहरूले पहल थालेको उनले बताए । 

ठप्प रहेका उद्योग, कल–कारखाना, व्यवसाय र बजारका कारण आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी व्यवसायीले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको छ । कोरोना संक्रमण बढ्दै गए पनि बाध्यताले लकडाउन खुकुलो बनाउने माग लिएर अघि बढेको उनको भनाइ छ ।

कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सुरक्षामा ध्यान दिनुका साथै आम उपभोक्ता, श्रमिक, उद्योगी व्यवसायी लगायत सबै वर्गको जनजीवन सामान्य स्थितिमा फर्काउन बन्द रहेका उद्योग, व्यवसाय र बजारहरू पुनः सञ्चालन गर्दै जानुपर्ने निष्कर्ष छलफलले निकालेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्योगी व्यवसायीले लकडाउन खुलुक पारिदिन  आफूसँग आग्रह गरेको बताए । उनले भने, ‘लकडाउन खुकुलो पार्ने विषयमा माथिको निर्णय आएको छैन, आएपछि त्यसअनुसार कार्यान्वयन गर्छौं ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)