ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७२ दिनपछि विराटनगर १२ घण्टा खुल्यो

बजारमा चलहपहल न्यून

२०७७ जेठ, २३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । लकडाउनका कारण चैत ११ गतेबाट पूर्ण बन्द रहेको विराटनगर बजार ७२ दिनपछि १२ घण्टा खुलेको छ । बजार खुले पनि चहलपहल भने त्यति देखिएन । व्यवसायीले लकडाउन खुकुलो पार्न दबाब दिँदै आएका थिए तर सरकारको औपचारिक निर्णयविना नै बिहीवार विराटनगर बजार १२ घण्टा खुलेको हो । पसलहरू खोल्न दिने प्रशासनले संकेत दिएपछि व्यवसायीले विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई पछ्याउँदै सतर्कता अपनाएर पसलहरू खोलेका हुन् ।

बुधवार जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बैठकमा केन्द्रीय क्राइसिस मेनेजमेन्टको निर्णय नआएसम्म औपचारिक निर्णय गर्न नसकिने प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिहरूले लकडाउन नखोले आम मानिसको जीविकामै समस्या आउने बताउँदै बजार खोल्नुपर्ने अडान राखेपछि अनौपचारिक रूपमा खोल्न दिने सहमति बनेको थियो ।

विराट व्यापार संघका अध्यक्ष सुजन थापाले विराटनगर बजार बिहान ६ बजेदेखि मध्या≈न १२ बजेसम्म खुलेको तर बजारमा चहलपहल भने न्यून रहेको बताए । बजार खुले पनि पहिलेको जस्तो व्यापार भइहाल्ने अवस्था भने नरहेको उनले बताए । कोरोनाको डर ग्राहकलाई पनि छ त्यसैले भीडभाडमा जान हुँदैन दूरी कायम राख्नुपर्छ भन्ने जानेर नै बजारमा ग्राहकको भीड कम भएको उनको भनाइ छ । प्रशासनसँगको अनौपचारिक सहमतिपछि विराटनगर बजार मध्या≈नसम्म खुलेको हो । होटल, शैलुन र सिनेमा घर, ब्यूटीपार्लरबाहेकका पसलहरू खुले पनि ग्राहकको भीड कम थियो । मोबाइल र इलेक्ट्रोनिक पसलमा ग्राहकको संख्या बढी थियो । कपडा पसल, फर्निचर पसल, भाडा पसल र सुनचाँदीका पसलहरूमा ग्राहकको उपस्थिति कम थियो ।

खुद्रा व्यापार संघका पूर्वअध्यक्ष सञ्जय मण्डलले ७२ दिनपछि पसल खोल्दा निकै खुशी महसूस भएको बताए । विक्री खासै नभए पनि बजारको चहलपहलले निकै आनन्द दिएको बताए । बजार खोले पनि कोरोनाको जोखिमबाट ढुक्क हुने अवस्था नरहेकाले आवश्यक सावधानी अपनाएर पसल सञ्चालन गरेको उनले बताए । आपूmले मास्क, पन्जा लगाएर ग्राहकलाई एक मीटरको दूरी कायम गराएर मात्र पसलमा किनबेच गराएको बताए ।

समूहमै कोरोना देखिएकाले अहिले निकै ठूलो कठिनाइका बीच पसल खोल्नुपरिरहेको उनले बताए । तर, कपडा व्यापारी गौतम चेलले मध्या≈नसम्म पसल खोल्दा १२ हजारको विक्री गरेको बताए । धेरै दिनपछि पसल खोल्दा अनौठो महसूस भएको उनले बताए । विस्तारै व्यापार बढ्नेमा आपूm आशावादी रहेको उनले सुनाए । झन्डै ३ महीना सबैको रकम बाँकी हुन्छ । लकडाउन खुकुलो भएपछि व्यापार चल्यो भन्ने थाहा पाउनासाथ सबैले असुलीका लागि ताकेता गर्न थाल्ने भएकाले तनाव पनि सँगसँगै लिनुपर्ने अवस्था आएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)