ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रोग प्रतिरोधात्मक क्षमता बढाउन कर्णालीमा गुर्जोको माग बढ्यो

२०७७ जेठ, २३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

जेठ २३, वीरेन्द्रनगर । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन कर्णालीमा गुर्जोको प्रयोग गर्ने बढेका छन् । शरीरको प्रतिरोधी क्षमता बढ्ने र भाइरस संक्रमणजन्य रोगबाट बच्न सकिने भएकाले कर्णालीका सुर्खेत लगायत जिल्लामा यसको सेवन गर्नेहरू बढेको प्रदेश आयुर्वेद औषधालय, सुर्खेतका चिकित्सक डा. शंकरप्रसाद रिजालले  बताए  । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै गुर्जोको माग पनि बढेको उनको भनाइ छ ।

गाउँघरमा रुघाखोकी, ज्वरो आउँदा औषधिको रूपमा प्रयोेग हुँदै आएको गुर्जोले रोग प्रतिराधात्मक क्षमता बढाउने भएकाले मानिसले यसको सेवनलाई प्राथमिकता दिएका हुन् । लकडाउन अवधिमा औषधालयबाट मात्र १ हजारभन्दा बढीले गुर्जो लगेको प्रदेश आयुर्वेद औषधालयले बताएको छ । ‘औषधालयमै आएर गुर्जोको लहरा लिन आउनेहरू पनि उत्तिकै छन्,’ उनले भने, ‘यसबाहेक गाउँघरतिर उपलब्ध गुर्जो प्रयोग गर्ने र यसलाई सेवन गर्ने तरीकाबारे सोध्नेहरू पनि बढेका छन् ।’ 

उनका अनुसार गुर्जोको धूलो तातोपानी वा महमा मिसाएर, क्याप्सुल बनाएर तथा लहराको रस बनाएर पनि सेवन गर्न सकिन्छ । गुर्जो कर्णाली प्रदेशका सबैजसो जंगलमा पाइने र जुनसुकै बिरामीले खादा पनि असर नगर्ने भएकाले उनले वताए । वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा बसेका, पूर्व सावधानी गृहमा बसेका तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई गुर्जो उपलब्ध गराइएको औषधालयले बताएको छ । 

औषधालयले अन्य क्वारेन्टाइनमा पनि गुर्जो वितरण गर्ने तयारी गरेको छ । औषधालयले रोग संक्रमण प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो प्रयोग गर्न सार्वजनिक सूचनासमेत जारी गरेको  रिजालले जानकारी दिए । लकडाउनका कारण टाढाबाट सेवाग्राही आउने अवस्था नभए पनि गुर्जो प्रयोगकर्ता बढिरहेको उनको भनाइ छ । उनका  अनुसार गुर्जो लिन औषधालयमा दैनिक ३०–३५ जना आउने गरेका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)