ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानबाट प्रदेश राजधानी जोड्ने वैकल्पिक सडक निर्माण सम्पन्न

सडकको स्तरोन्नति गर्न स्थानियको माग

२०७७ जेठ, २८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

जेठ २८, सल्यान । सल्यानबाट प्रदेश राजधानी सुर्खेत जोड्ने वैकल्पिक सडक निर्माण सम्पन्न भएको छ । यो सँगै अब सिद्ध कुमाख गाउँपालिकाको ढोरचौर उचाल्ने हुँदै सल्ली बजारबाट सुर्खेत सिधा सडक सञ्जालमा जोडिएको हो । 

कर्णाली प्रदेश सरकारको समपुरक बजेटबाट सडक निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले बताए । ढोरचौर उचाल्ने खार्वन हुँदै सागिने जोडिने सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको उनको भनाइ छ । 

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको विशेष पहलमा करीब रू. ७५ लाख प्रदेश सरकार र बाँकी गाउँपालिकाको गरेर झण्डै रू. २ करोड बढीको लागतमा सडक निर्माण गरिएको हो ।

अब खलंगामा नगएरै सिधै ढोरचौर सल्लीवजार हुँदै सुर्खेत पुग्न सकिने अध्यक्ष चलाउनेले जानकारी दिए । अब सुर्खेत जान समस्या भएन, सडकको नयाँ ट्रयाक खोलिएको छ, ट्याक्टर सहितका साना सवारी साधनहरु चलिरहेका छन् उनले भने यो सडक नै गाउँपालिकाको मुख्य सडक हो ।

शुरुवात गरिएको तीन वर्ष पछि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको गाउँपालिकाले जानकारी दिएको छ । यस्तै गाउँपालिकाका वडा नम्बर ४ मा पर्ने सागिने पनि पहिलो पटक सडक सञ्जालमा जोडिएकोे छ । आफ्नै वडा भएर प्रदेश राजधानी जोड्ने सडक सञ्चालनमा आएपछि स्थानिय खुसी भएका छन् ।

यो सँगै अब सडकको स्तरोन्नतिको लागि सरकारले तत्काल काम शुरु गर्नुपर्ने स्थानियको भनाइ छ । बनगाड खोला, डाँसी खोला लगायतका खोलामा पक्कीपुलसँगै बाह्रै महीना गाडी सञ्चालनका लागि सडक स्तरोन्नतिको काम अगाडी बढाउनु पर्नेमा स्थानियले जोड दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)