ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्दुखोला पुलको निर्माण अन्तिम चरणमा

२०७७ जेठ, २९  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । २ वर्षदेखि निर्माणाधीन धरान र विष्णुपादुका जोड्ने सर्दुखोला पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । लकडाउनका कारण १ महीनादेखि रोकिएको निर्माण सामाजिक दूरी कायम गर्दै अघि बढाइएकाले वर्षाअगावै सम्पन्न हुने बताइएको छ ।

आगामी असार मसान्तसम्ममा पुल निर्माण सम्पन्न हुने ठेकेदार कम्पनी कार्की बन्धु कन्ष्ट्रक्शनका इञ्जिनीयर राजकुमार साहले जानकारी दिएका हुन् । साढे १० मिटर चौडाइ र १२१ मिटर लम्बाइ रहेको पुलको आयु ८० देखि १५० वर्षसम्म रहने समेत उनले बताए । पुलको कुल लागत ८ करोड ४० लाख ३२ हजार ४३६ रुपैयाँ रहेको छ ।

पुल निर्माण भएपछि धरान–विष्णुपादुका मात्र नभई धनकुटा साँगुरीगढी र खोकु छिन्ताङसम्मका बासिन्दा लाभान्वित हुने भएका छन् । स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार)को योजनामा निर्माण शुरू भएको पुल ‘मल्टिसेल बक्स ब्रिज’ मोडलको हुने कम्पनीले बताएको छ । हाल पुल ढलानको काम अन्तिम चरणमा पुगेको इञ्जिनीयर साहले बताए । पुल निर्माण शुरू भएदेखि नै कम्पनीले स्थानीयवासीलाई रोजगार समेत प्रदान गरेको छ । पुल निर्माणमा हाल १३ जनाले नियमित काम गरिरहेका छन् । इञ्जिनीयर चौधरीका अनुसार पुलमा ढलानको केही कामसँगै फुटपाथ र रेलिङ निर्माण सम्पन्न हुन बाँकी छ ।

धरान–२० का वडाध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रवक्ता मणिराम राईले पुल निर्माणपछि विष्णुपादुका धार्मिक क्षेत्रलाई जोड्न सजिलो हुने बताए । साथै वराहक्षेत्र, धनकुटाका आहाले, भोजपुरको तल्लोभेग जाने बासिन्दा समेत लाभान्वित हुने उनको भनाइ छ । ‘पुल निर्माण दु्रत गतिमा भइरहेको छ,’ उनले भने, ‘स्थानीय सरकारले पनि पूर्वाधार विकास निर्माण अन्तर्गत सडक विस्तारका काम अघि बढाएको छ ।’ धरान–२० मा पर्ने विष्णुपादुका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ । सर्दुखोलामा पुल बनेपछि अदुवा, बेसार, खुर्सानी लगायत नगदेबाली बजार पुर्‍याउन सहज हुने स्थानीयवासीको अपेक्षा छ । वर्षामा कृषि उत्पादन बजारसम्म लैजान सास्ती खेप्दै आएका आफूहरूलाई पुल बनेपछि ढुवानीमा ठूलो सुविधा पुग्ने स्थानीय सुमित्रा राईले बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)