ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित

२०७७ जेठ, २९  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश नम्बर १ को प्रदेश सभाबाट नीति तथा कार्यक्रम पारित भएको छ । सरकारले जेठमा २३ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम बुधवार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

सत्ता र प्रतिपक्षका ५२ जना सांसदले नीति तथा कार्यक्रमबारे ३ दिनसम्म छलफल गरेका थिए । बुधवार नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश भएको थियो । संशोधन प्रस्ताव दर्ता गराउने मुख्य प्रतिपक्षी दल कांग्रेसले केही संशोधनमा आफ्नो अडान कायमै राख्दै फिर्ता लिन नमाने पनि प्रदेश सभाले बहुमतले नीति तथा कार्यक्रम पारित गरेको घोषणा सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए ।

प्रदेश प्रमुख सोमनाथ अधिकारीमार्फत सभामा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा कांग्रेसका सांसद केदार कार्की र शेखरचन्द्र थापाका साथै अर्का प्रतिपक्षी जनता समाजवादी पार्टीका नेता जयराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका थिए । बुधवारको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमबारे उठाएका प्रश्न र संशोधन प्रस्तावउपर जवाफ दिने क्रममा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि नेता यादवले संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

सांसद यादवले नीति तथा कार्यक्रमको प्रस्तावनामा संघीयता प्राप्तिका लागि भएको मधेशी र आदिवासी जनजाति आन्दोलनलाई समावेश नगरेको भन्दै संशोधन प्रस्ताव दर्ता गराएका थिए । मुख्य प्रतिपक्षी दल कांग्रेसले दर्ता गराएको संशोधन प्रस्तावलाई पनि मुख्यमन्त्री राईले सम्बोधन गरेका थिए । तर केही विषयमा मुख्यमन्त्रीको सम्बोधन अपूरो भएको भन्दै कांग्रेसका सचेतक कार्कीले फिर्ता लिन मानेनन् ।

कांग्रेसले मोरङको मंगलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वर्गीय नेकपा नेता मदन भण्डारीको नामको बनाउन नहुने, ४५ करोडको राहत प्याकेज बढाउनु पर्ने, यही वर्ष प्रदेशको नामकरण प्रस्ताव दर्ता गराउनुपर्ने, कोरोनासँग म लडछु भन्ने कार्यक्रम सञ्चालन गराउनुपर्ने विषय नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएका थिए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जारी लकडाउनको स्वरूप परिवर्तन गरेर सबै काम अघि बढाउनुपर्ने बताएका छन् ।

लकडाउन खुकुलो पार्ने संकेत
प्रदेशसभाको बुधवारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको पूँजीबारे उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले अहिलेकै अवस्थाबाट अघि बढ्न कठिनाइ हुने भन्दै लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । लकडाउनबाट रोकिएका सबै कामकाज अगाडि बढाउनुपर्ने उनले बताए । ‘कोरोनाको महामारी र लकडाउन आजकै अवस्थामा जारी रहन सक्दैन,’ उनले भने, ‘भौतिक दूरी र सुरक्षा सतर्कता अपनाएर सबै काम सञ्चालन गर्नुपर्छ ।’ लकडाउनको स्वरूप फेरिने भएकोले सरकारको पूँजी कार्यान्वयनमा समस्या नहुने उनको दाबी छ ।

सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको क्षेत्रमा योजनाबद्ध र अन्य प्रदेशसभन्दा व्यवस्थित काम भइरहेको उनले बताए । कोरोना संक्रमितको उचारका लागि कोभिड अस्पताल बनाइएको, परीक्षणको दायरा विस्तार गरिएको भन्दै मुख्यमन्त्री राईले अन्य प्रदेशभन्दा धेरै १३ हजार बढीको पीसीआर परीक्षण भएको दाबी गरे । पीसीआर परीक्षण ५० हजार पु¥याइने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)