ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० महीनामा प्रदेश नं १ को बजेट खर्च ३६.१४ % मात्र

२०७७ जेठ, ३१  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

जेठ ३१, विराटनगर । प्रदेश नं १ सरकारको १० महीनामा चालू र पूँजीगत खर्च ३६ दशमलव १४ प्रतिशत रहेको छ । सरकारले चालू आवमा रू. ४२ अर्ब २० करोड ४ लाख १० हजार  बजेट विनियोजन गरेको थियो, जसमा चालूतर्फ रू.१८ अर्ब ६२ करोड र पूँजीगततर्फ २३ अर्ब ५७ करोड थियो । वैशाख मसान्तसम्म कुल बजेटको रू. १५ अर्ब २५ करोड २९ लाख ७२ हजार  मात्र बजेट खर्च भएको छ । 

चालू बजेट रू.१८ अर्ब ६२ करोड ६४ लाख ७६ हजार विनियोजन भएको सो अवधिमा रू.६ अर्ब ३२ करोड ७९ लाख १६ हजार खर्च भएको छ, जुन ३३ दशमलव ९७ प्रतिशत हो । त्यसैगरी पूँजीगततर्फ रू.२३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार बजेट विनियोजन भएकोमा रू.८ अर्ब ९२ करोड ५० लाख ५५ हजार अर्थात् ३७ दशमलव ८६ प्रतिशत खर्च भएको छ । 

सामान्य अवस्थामा खर्च ६० प्रतिशतभन्दा माथि हुने अनुमान गरेका आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले कोभिड–१९ को कारण बजेट खर्च ४० प्रतिशत नाघ्ने बताए । प्रदेश सरकारले कृषि, रोजगार र स्वास्थ्यक्षेत्रलाई लक्षित गरेर नीति तथा कार्यक्रम ल्याएको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले कृषिमा आधारित उद्योग र रोजगारीमा बजेट केन्द्रित रहने देखिए पनि चालू आवको पूँजीगत खर्च भने सन्तोषजनक छैन । 

कोभिड–१९ को कारण गरिएको लकडाउनले गर्दा हालसम्म ३६ दशमलव १४ प्रतिशत मात्र बजेट खर्च भएको प्रदेश सरकारले बताएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/ ७७ को ९ महीनामा चालूतर्फ ३३ दशमलव ३७ र पूँजीगततर्फ ३७ दशमलव ८६ प्रतिशत खर्च गर्न गरेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)