ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फोनबाटै रू. १८ लाखका बोकाबाख्रा विक्री

२०७७ जेठ, ३२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । नागरिकहरू घरभित्र बस्न बाध्य छन् । यस्तो अवस्थामा कुनै पनि क्षेत्रको व्यापार व्यवसाय सञ्चालन भएको छैन । तर, सल्यानका एक बाख्रा व्यवसायीले भने लकडाउनमा पनि बोकाबाख्रा विक्री गरेर राम्रो आम्दानी गरेका छन् ।

२०७० सालमा जिल्लाको शारदा नगरपालिका–२ स्थित डाँडागाउमा बहुउद्देश्यीय कृषि केन्द्र स्थापना गरेर व्यावसायिक रूपमा बाख्रापालन थालेका कृष्णराज उपाध्यायले लकडाउनको समयमा पनि राम्रो आम्दानी गरेका हुन् । ३० ओटा बाख्राबाट व्यवसाय शुरू गरेका उनले लकडाउनको अबधिमा मात्रै १० ओटा बोयर क्रस बोकासहित ५८ ओटा बाख्रा विक्री गरी रू. १८ लाख १८ हजार आम्दानी गरेका छन् ।

‘कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेको छ, यस वर्ष बोकाबाख्रा विक्री नहुने भए भनेर चिन्तामा थिएँ । तर, लकडाउनमा पनि फोनबाटै कुराकानी भएर ५८ ओटा बोकाबाख्रा विक्री भयो’, उनले भने । ती सबै बोकाबाख्रा काभ्रेपलाञ्चोकको पाँचखाल पठाएको उनले जानकारी दिए ।

‘काभ्रेपलाञ्चोकको एक ग्रामीण कृषि केन्द्रले बोका र बाख्राको माग ग¥यो, फोनबाट नै सबै कुरा भएको हो’, उनले भने, ‘पशु कार्यालयबाट अनुमति मागेर २ ओटा गाडीमा काभ्रे पठाएको हुँ ।’ गत वर्ष पनि बोका र बाख्रा गरेर १०६ ओटा विक्री गरेको उपाध्याय बताउँछन् । यस वर्ष पनि सबै गरेर ६८ ओटा बोका र बाख्रा विक्री भइसकेको उनले बताए ।

उक्त बहुउद्देश्यीय कृषि केन्द्रमा अझै ७६ ओटा बोका र बाख्रा छन् । हालसम्म यो वर्ष करीब रू. २३ लाख भन्दा बढी आम्दानी गरेको उनको भनाइ छ । उनको फार्ममा २ जनाले रोजगारी पनि पाएका छन् । प्याक्टको रू. १० लाख, युवा स्वरोजगार कार्यक्रमको रू. २ लाख र आप्mनो व्यक्तिगत लगानी गरेर करीब रू. ३० लाखको लागतमा उनले व्यावसायिक बाख्रापालन शुरू गरेका हुन् । आधुनिक खोर निर्माण गरेर बाख्रापालन गर्दै आएका उनले घाँस खेतीसमेत गरेका छन् ।

जिल्लाबाट पछिल्लो समय विदेशिने युवायुवतीको संख्या बढ्दै गएको अवस्थामा स्वदेशमा पनि काम गरेर पैसा कमाउन सकिन्छ भन्ने उदाहरण उनी बनेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)