ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानबाट प्रदेश राजधानी जोड्ने वैकल्पिक सडक निर्माण

२०७७ जेठ, ३२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानबाट प्रदेश राजधानी जोड्ने वैकल्पिक सडक निर्माण भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिकाको ढोरचौरबाट उचाल्ने हुँदै सुर्खेत जोड्ने सडकको निर्माण सम्पन्न भएको हो ।

कर्णाली प्रदेश सरकारको समपूरक बजेटबाट सडक निर्माण कार्य सम्पन्न भएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए । ढोरचौर उचाल्ने खार्बन हुँदै सागिने जोडिने सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको उनको भनाइ छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको विशेष पहलमा ७५ लाख रुपैयाँ प्रदेश सरकारको र बाँकी गाउँपालिकाको गरेर करीब २ करोड रुपैयाँ लागतमा सडक निर्माण गरिएको हो ।

अब खलंगामा नगई सीधै ढोरचौर सल्लीबजार हुँदै सुर्खेत पुग्न सकिने अध्यक्ष चलाउनेले जानकारी दिए । ‘अब सुर्खेत जान समस्या भएन, सडकको नयाँ ट्र्याक खोलिएको छ,’ उनले भने, ‘ट्र्याक्टर सहितका साना सवारीसाधन चलिरहेका छन् ।’

शुरुआत गरिएको ३ वर्षपछि सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको गाउँपालिकाले बताएको छ । यस्तै गाउँपालिकाका–४ मा पर्ने सागिने पनि पहिलो पटकसडक सञ्जालमा जोडिएकोे छ । आफ्नै वडा भएर प्रदेश राजधानी जोड्ने सडक सञ्चालनमा आएपछि स्थानीय उत्साहित भएका छन् ।

भौगोलिक विकटताका हुँदाहुँदै पनि सडकको ट्र्याक खोल्ने काम सफलता पूर्वक सम्पन्न भएको स्थानीय घनबहादुर चलाउनेले बताए । गाउँ सडक सञ्जालमा जोडिएसँगै प्रदेश राजधानी जाड्ने मार्ग पनि यही भएकाले गाउँपालिकाको महŒवपूर्ण सडक भएको उनको भनाइ छ । प्रदेश राजधानी जोड्न यो सडक निकै छोटो मार्ग भएको उनले जानकारी दिए ।

यससँगै अब सडकको स्तरोन्नतिका लागि सरकारले तत्काल काम शुरू गर्नुपर्ने स्थानीयले बताएका छन् । बनगाड, डाँसी लगायत खोलामा पक्की पुलसँगै बाह्रै महीना गाडी सञ्चालनमा ल्याउन सडक स्तरोन्नतिको काम अगाडि बढाउनुपर्नेमा स्थानीयको जोड दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)