ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुख्यमन्त्री रोजगार कार्यक्रम : सल्यानमा सवा ६ करोड खर्च गरिँदै

२०७७ जेठ, ३२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत सल्यानमा सवा ६ करोड रुपैयाँ खर्च गर्न लागिएको छ । बेरोजगारहरूलाई स्थानीयस्तरमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत जिल्लाका १० ओटा पालिकामा ६ करोड २६ लाख ७५ हजार खर्च गरिने भएको हो, जसअनुसार अहिले कार्यक्रम सम्झौता भएर धमाधम कार्यान्वयनमा लगिएको छ ।

प्रदेश सरकारको बजेट सामाजिक विकास कार्यालय सल्यान मार्फत स्थानीय तहले बेरोजगारलाई रोजगारी पाउनेगरी विकास निर्माणमा खर्चने तयारी गरेका छन् । नयाँ सडक निर्माण, पुराना सडकको स्तरोन्नति, सिँचाइ कुलो निर्माण लगायतमा बजेट केन्द्रित भएको सामाजिक विकास कार्यालय सल्यानका सहायक प्रशिक्षक प्रशान्त सुनारले जानकारी दिए । उनका अनुसार जिल्लाको शारदा नगरपालिकामा, बागचौर नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकामा ६४/६४ लाख प्राप्त भएको छ ।

यसैगरी दार्मा गाउँपालिका, कालीमाटी गाउँपालिका र कुमाख गाउँपालिकामा पनि ६४/६४ लाख आएको छ भने छत्रेश्वरी गाउँपालिकामा ६३ लाख ९४ हजार, कपुरकोट गाउँपालिकामा ६० लाख ८६ हजार, सिद्ध कुमाख गाउँपालिकामा ६० लाख ७२ हजार र त्रिवेणी गाउँपालिकामा ५७ लाख २२ हजार प्राप्त भएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रम सफतलापूर्वक सञ्चालन गर्न जिल्लाका सबै स्थानीय तहसँग छलफल र समन्वय भइरहेको उनले बताए । यसका लागि पालिकामा रहेका रोजगार संयोजकहरूले समन्वय गरिरेको उनको भनाइ छ । सामाजिक विकास कार्यालयले एकमुष्ट रूपमा रकम स्थानीय तहको खातामा पठाउनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)