ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा पनि रोकिएन दार्माको विकास

एकैदिन तीन ओटा योजना शुरुआत

२०७७ असार, १  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । पछिल्लो दुईदिन यता सरकारले लकडाउन केही खुकुलो बनाए पनि करीब ३ महीनादेखि मुलुक पूर्ण लकडाउनमा छ । नागरिकहरू घरभित्रै बस्न बाध्य छन् भने अत्यावश्यकबाहेक सबै सेवा ठप्पप्रायः छ । तर, लकडाउनका कारण सल्यानको दार्मा गाउँँपालिकाको विकासका योजना भने रोकिएका छैनन् । गाउँँपालिका अध्यक्ष निमबहादुर केसीले आइतवार मात्रै ३ ओटा योजना शिलान्यास गरेका छन् ।

अध्यक्ष केसीले एकैदिन वडा नं. ४ को रारेचौर–पेदी–पुखात–फारुलाचौर सडक, वडा नं. ३ र ४ स्थित मौलाहाले– फारुला–दार्माकोट सडकको स्तरोन्नति तथा वडा नं. ४ कै स्वास्थ्यचौकी भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् । कोरोना संकटका कारण विकासका काम रोक्न नहुने भन्दै अध्यक्ष केसीले गाउँपालिकामा सम्पूर्ण योजनाहरू तोकिएको समयमा सम्पन्न गरिसक्ने विश्वास पनि व्यक्त गरेका छन् । कोरोनाका कारण विकासका योजनाहरू रोक्दा त्यसले दीर्घकालीन असर पार्ने भएकाले कोरोनाबाट जोगिन उच्च सतर्कता अपनाउँदै पालिकाले विकासलाई निरन्तरता दिएको उनको भनाइ छ ।

यी ३ ओटै योजना निर्माणको ठेक्का शारदा नगरपालिका सल्यानको जेनिशा निर्माण सेवा एन्ड सप्लायर्सले लिएको छ । रारेचौर–पेदी–पुखात–फारुलाचौर सडकको अनुमानित लागत रू. २१ लाख ७ हजार ५४८ रहेकोमा रू. ८ लाख ८४ हजार ५ मा ठेक्का कबोल गरेको छ । त्यस्तै रू. २१ लाख ४० हजार ९६७ अनुमानित लागत रहेको मौलाहाले– फारुला–दार्माकोट सडकको स्तरोन्नति गर्न कम्पनीले रू. १४ लाख ४७ हजार ९६० मै ठेक्का कबोल गरेको गाउँपालिकाका इन्जिनीयर मधुसूदन केसीले जानकारी दिए ।
सोही कम्पनीले रू. ३२ लाख ८४ हजार ९२८ मा दार्मा गाउँपालिका–४ मा ४ कोठे पक्की भवन निर्माणको शुरुआत पनि गरेको छ । ठेक्का लगाइएका योजनाको अतिरिक्त गाउँपालिकाले आप्mनै जेसीबीमार्फत विभिन्न स्थानमा बिग्रेका सडक मर्मत गर्नेदेखि नयाँ ट्र्याक खोल्नेसम्मका कामहरू पनि गर्दै आएको इन्जिनीयर केसीको भनाइ छ । लकडाउनको समयलाई सदुपयोग गर्दै आफूहरूले स्वास्थ्य सुरक्षा अपनाउँदै विकासका कामलाई गति दिएको केसीले बताए ।

दार्मा गाउँपालिकामा सञ्चालित कतिपय सडक निर्माणका योजनाहरू निर्माणको अन्तिम चरणमा छन् । चालू आर्थिक वर्षमा पालिकामा नयाँ सडक निर्माण तथा मर्मतको काम सम्पन्न गरी सबै वडामा सडक सञ्जाल पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिए । गाउँपालिकामा यस आर्थिक वर्षमा यातायात पूर्वाधारतर्फ मात्रै रू. ४ करोड ७ लाख १० हजार विनियोजन भई अन्तिम चरणको काम भइरहेको छ ।

त्यसैगरी पूर्वाधार विकासमा रू. ६ करोड ४६ लाख १० हजार, खानेपानी तथा सरसफाइका योजनामा रू. ४ करोड ४६ लाख, जल स्रोत तथा सिंचाइमा रू. २६ लाख ५० हजार छुट्याइएकोमा योजनाको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले बताएको छ ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)