ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा खानेपानीको हाहाकार

‘बजेट खर्च हुन्छ, दिगो काम हुँदैन’

२०७७ असार, २  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानका ग्रामीण भेगका गाउँवस्तीहरूमा खानेपानीको अभाव हुन थालेको छ । न्यून मात्रामा भएका गाउँका मुहानहरू बढ्दो गर्मीका कारण सुक्न थालेपछि खानेपानीको अभाव बढ्न थालेको हो । दिनप्रतिदिन खानेपानीको माग बढ्दै गएको अवस्थामा मुहानहरू भने सुक्दै गएपछि हाहाकारको अवस्था आउनसक्ने स्थानीय बताउँछन् ।

खेतीपाती, सिँचाइ तथा अन्य प्रयोजनका लागि त परै जाओस् पिउन समेत पानी नपाउने अवस्था आएपछि स्थानीयहरू समस्यामा परेका छन् । जिल्लाका बजार क्षेत्रसँगै गाउँ गाउँमा पनि खानेपानीको अभाव सृजना हुँदा स्थानीयहरू चिन्तामा छन् । यहाँका कतिपय मानिसको दैनिकी खानेपानी जोहो गर्दैमा बित्ने गरेको छ ।

जिल्लाको पश्चिमी क्षेत्रको मुख्य व्यापारिक केन्द्र सल्लीबजारमा अहिले खानेपानीको हाहाकार भएको छ । यहाँका स्थानीयवासीले विगत २ दशकदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । वर्षायाममा प्रशस्त मात्रामा पानी पाइने भए पनि गर्मीयाममा भने निकै समस्या हुने गरेको छ । बजारमा जडान गरिएका धारामा पानी आउन छाडेपछि स्थानीयलाई खानेपानीको जोहो गर्न निकै समस्या पर्ने गरेको छ ।

अहिले पानी ल्याउन जाने सल्लीबजारका स्थानीयहरूको भीड इनार भएका घरहरूमा देखिन्छ । सल्लीबजारका सम्पन्न व्यक्तिहरूका घरमा इनार छ । तर, विपन्न र हुँदा खानेहरूको घरमा इनार बनाउन नसक्दा उनीहरू खानेपानीको चरम समस्यामा छन् ।

यहाँ खानेपानीको व्यवस्थापनका लागि वर्षेनी लाखौं रूपैयाँ खर्च हुने गरेको छ । तर, प्रभावकारी काम नहुँदा समस्या जहाँको तहीँ छ । विगत केही वर्षयता वर्षेनी खानेपानी व्यवस्थापनका लागि लाखौं बजेट विनियोजन भएर खर्च हुँदै आएको भए पनि यसको दिगो व्यवस्थापन भने हुन सकेको छैन । इनारबाट लिफ्ट गर्ने भनेर रू. २ लाख ५० हजार खर्च भयो । तर, त्यो काम सफल हुन सकेको छैन ।

गत वर्ष करीब रू. ४५ लाख खर्च गरेर सम्पन्न गरिएको योजना मर्मतका नाममा करीब रू. १ लाख खर्च भएको स्थानीय बताउँछन् । यो आर्थिक वर्षमा पनि रू. ४ लाख ५० हजार खर्च हुँदै छ । तर, खानेपानीको समस्या समाधान हुने छाँट भने देखिएको छैन । हचुवाका भरमा खानेपानी योजना निर्माण गर्दा दिगो हुन नसकेको स्थानीय प्रेम पुन बताउँछन् ।

यस क्षेत्रमा मात्रै वृहत खानेपानी आयोजनाका लागि करोडौं विनियोजन भएको थियो । तर, स्थानीयको विवादका कारण आयोजनाको काम अगाडि बढ्न नसकेको उनको भनाइ छ । सरोकारवाला निकायहरू जिम्मेवार नबन्दा खानेपानी समस्याको समाधान हुन नसकेको उनले बताए । बजारमा अन्य सुविधा भए पनि खानेपानी नहुँदा समस्या भएको उनको भनाइ छ ।

शारदा नगरपालिका–१४ ढाँरखानीमा पनि खानेपानीको चरम समस्या छ । गर्मी बढेसँगै पानीका मुहान सुक्दै जान थालेपछि १० लिटर पानीका लागि पँधेरामा घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय गणेश गिरी बताउँछन् । पानीको अभाव भएपछि शौचालय पनि प्रयोगविहीन हुन थालेको उनको भनाइ छ ।

१४० घरधुरीको बीचमा भएको एउटा मुहानको पानी घट्दै जान थालेपछि खानेपानीको समस्या भएको उनले बताए । ढारखानीको खानेपानी समस्या समाधान गर्न भन्दै लिप्mट खानेपानी योजना परेको भन्ने सुने पनि कार्यान्वयनमा नआएको स्थानीयको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)