ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतबाट ४४ हजार कर्णालीवासी स्वदेश फर्किए

२०७७ असार, ३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

असार ३, वीरेन्द्रनगर । भारतबाट कर्णाली प्रदेशका ४४ हजार ६६ नागरिक घर फर्किएका छन् । रोजगारीको शिलशिलामा भारत गएका कर्णालीवासी लकडाउनयता यति ठूलो संख्यामा प्रदेश भित्रिएका हुन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार यसरी भारतबाट फर्कनेमा सबैभन्दा बढी दैलेखका छन् । दैलेखका करीब १४ हजार ४०३ नागरिक भारतबाट फर्किएका छन् । दोस्रोमा सुर्खेतका १२ हजार २६ जना नागरिक स्वदेश फर्किएका छन् ।

त्यस्तै, कालीकोटका ५ हजार २५७, जाजरकोटका ४ हजार ६२, सल्यानका तीन हजार ३४३ , रुकुम–पश्चिमका एक हजार ८५६, मुगुका एक हजार ३९७, जुम्लाका १ हजार ४४७ र हुम्लाका २७५ नागरिकहरू कर्णाली प्रवेश गरेका हुन् । डोल्पा जिल्लामा भने भारतबाट आउनेको संंख्या शून्य रहेको छ ।

मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायका अनुसार वैशाख महीनासम्म दुई हजार ४०० नागरिकहरू बबई नाकाबाट कर्णाली भित्रिएका थिए । जेठ ६ गतेदेखि २९ गतेसम्म ३८ हजार ७१२ जना नागरिक कर्णाली प्रवेश गरेका थिए । यस्तै लकडाउन शुरु भएदेखि बुधवारसम्म भारतबाट आउनेको संख्या ४४ हजार नाघिसकेको जानकारी दिइएको छ ।

भारतबाट आएका ४४ हजार नागरिकहरूमध्ये केही क्वारेन्टाइनमा छन् । एक साता अघि दैनिक चार हजारको संख्यामा आउने नागरिक अहिले दैनिक एक हजार हजारमा झरे पनि आउने क्रम नरोकिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ । कर्णाली प्रदेश सरकारले यो अवधिमा १५ देखि २० हजार नागरिक भित्रिने अनुमान गरेको थियो ।

अनुमानभन्दा शतप्रतिशत बढी नागरिक भित्रिएपछि प्रदेश सरकार र स्थानीय तहलाई व्यवस्थापनमा समस्या भएको छ । भारतबाट फर्कने नागरिकको चापसँगै कोरोना संक्रमण पनि तीव्ररूपले देखिन थालेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)