असार ३, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा मंगलवारसम्म १ हजार १०४ जनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट निको भएर ४९४ जना घर फर्किएका छन् । भारतबाट आउने नागरिकको संख्या दिनप्रतिदिन बढेका कारण पनि प्रदेश कोरोना संक्रमणको जोखिममा छ ।
सुर्खेतस्थित विभिन्न अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दुल्लु अस्पताल दैलेख, सल्यान अस्पताल लगायतबाट हालसम्म ४९४ जना सक्रमितहरू निको भई घर फर्किएका हुन् ।
बुधवार मात्रै दैलेखको जिल्ला महावु गाउँपािलकाको आइसोलेशन, दैलेख अस्पतालबाट गरी १४९ र सुर्खेतस्थित प्रदेश अस्पतालबाट ३ गरी कुल १५२ जना घर फर्किएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । डा. तिवारीका अनुसार यसअघि विभिन्न समयमा गरी ३४२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा संक्रमितको संख्या ६३६ जना, सुर्खेतमा २३७, सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा एक÷एक जना संक्रमित फेला परेका छन् ।
अहिलेसम्म रुकुमपश्चिममा भने कोरोना संक्रमित भेटिएका छैनन् दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका २० वर्षिय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।
सबै भन्दा बढी कर्णाली पर्देस माकोरना सक्मित छ न किन