ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साँगुरीगढी गाउँपालिकामा बजेटको विषयमा विवाद

अध्यक्षको कार्यकक्षमा वडाध्यक्षद्वारा ताला

२०७७ असार, ६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

असार ६, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षको कार्यकक्षमा गाउँपालिकाका ३ जना वडाध्यक्षले ताला लगाएका छन् । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा वडाध्यक्षहरु वडा नं. ४ का अध्यक्ष खड्ग बहादुर लिम्बू, वडा नं. ५ का पलक बहादुर बस्नेत र वडा नं. ६ का यमप्रकाश मगरले ताला लगाएका हुन् ।

गएका वर्षहरुमा गाउँपालिकाले वडामा ५० लाखका दरले रकम पठाएपनि यो वर्ष २० लाख रुपैयाँ मात्रै रकम पठाएपछि ताला लगाएका हुन् । बुधबार सम्पन्न गाउँकार्यपालिकाको बैठकले हरेक वडामा २० लाखका दरले रकम पठाउने र बाँकी धेरै काम गाउँपालिकास्तरीय योजनामा समावेश गर्ने निर्णय गरेको थियो ।

वडाध्यक्षहरूले वडामा कम्तीमा ४० लाखका दरले बजेट विनियोजन गर्नुपर्ने माग राख्दै आन्दोलमा उत्रिएको वडा नं. ५ का वडाध्यक्ष पलक बहादुर बस्नेतले बताए ।

बस्नेतले बहुमतको आडमा वडामा बजेट कटौती गरिएको आरोप लगाए । १० वटा वडा रहेको गाउँपालिकामा वडा नं. ४ मा जनता समाजवादी, वडा नं. ५ र ६ नेपाली कांग्रेशबाट वडाध्यक्ष निर्वाचित भएका छन भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र अन्य ७ वटा वडामा तत्कालिन एमाले हालको नेपाल कम्युनिस्ट पाटी (नेकपा) बाट रहेका छन् ।

आन्दोलनरत वडाध्यक्षहरुले गाउँपालिका उपाध्यक्ष विन्द्रा राईलाई ज्ञापनपत्र बुभाए लगत्तै ताला लगाएका हुन । उनीहरुले उपाध्यक्षको कार्यकक्षमा पनि ताला लगाउन खोजेपनि असफल भएका थिए । गाउँपालिका उपाध्यक्ष राईले ज्ञापन पत्रमा समयावधि तोकेर माग राखेर त्याो समयमा माग पुरा नभए तालाबन्दी गरेको भए एउटा तरिका हुने भएपनि ज्ञापन पत्र बुझाउने वित्तिकै कुनै माग पूरा गर्न नसकिने बताइन ।

वडाध्यक्षहरुले उपाध्यक्ष राईको कार्यकक्षमा ताला लगाउने र उपाध्यक्षलाई बाहिर जान भनेपछि राईले ज्ञापन पत्र बुझाउने वित्तिकै कुनै माग पूरा गर्न नसकिने भएकाले कुनै हालतमा कार्यकक्ष नछोड्ने बताएपछि वडाध्यक्षहरु असफल भएर फर्किएका थिए । उनीहरुले गाउँपालिका अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा याखाको अनुपस्थितीको मौका छोपेर ताला लगाएका हुन ।

ताला लगाएको करिब आधा घण्टामा स्थानीय प्रशासनले उनीहरुले लगाएको ताला तोडेर काम सुचारु गरेको थियो । असन्तुष्ट वडाध्यक्षहरुले छलफलको माध्यमबाट समस्या समाधानको लागि गाउँपालिकासँग सहकार्य गर्नुपर्ने गाउँपालिका उपाध्यक्ष राईले बताए ।

उनले गएका वर्षमा गाउँपालिकाले ५० लाखका दरले बजेट पठाएको भएपनि यो वर्ष कोरोना रोकथामका लागि गाउँपालिकाले सबै वडामा विभिन्न काम गर्नुपर्ने भएकाले बजेट कटौती गर्नुपरेको बताइन् । उनले यो निर्णय बहुमतका आधारमा गरेको नभइ कार्यपालिकाले निर्णय गरेको बताइन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)