ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पसल छोडेर बाख्रापालनतिर लागे युवा

२०७७ असार, ८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । बराहक्षेत्र नगरपालिकाका २ जना युवा व्यावसायिक बाख्रापालनतिर लागेका छन् । वर्षौंदेखि फूलमाला तथा मिठाईको व्यापार गर्दै आएका उनीहरू पछिल्लो समय पसल छोडेर कृषि पेशातर्फ आकर्षिक हुन थालेका हुन् । एउटै पेशामा लामो समयसम्म काम गर्दा गतिशीलता र ऊर्जामा ह्रास आउने भन्दै नयाँ पेशा अँगालेको उनीहरू बताउँछन् ।   

राम्रो व्यापार हुँदै आएको पसल परिवारलाई जिम्मा लगाएर बराहक्षेत्र नगरपालिका–१ का नवीन सुब्बा र सुमन भण्डारी बाख्रापालनतिर लागेका हुन् । बाख्रापालन शुरू गरेपछि आम्दानी पनि बढ्न थालेको उनीहरूले बताएका छन् । ‘एउटै काम कति गरिरहने, पूmलपाती र मिठाई बेचेर भन्दा कृषि क्षेत्रबाट राम्रो आम्दानी लिन सकिने देखेर बाख्रापालन थालेका हौं’, नवीन सुब्बाले भने, ‘अहिले हामी आफैं मालिक र आफैं कामदार भएर काम गरिरहेका छौं । आम्दानी पनि राम्रै भइरहेको छ ।’

उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित पुख्र्यौली जमीनमा थप २ बिघा जग्गा भाडामा लिएर साढे ४ बिघा जमीनमा उनीहरूले संयुक्त लगानीमा बाख्रापालन गर्दै आएका छन् । उनीहरूले सप्तकोशी कृषि तथा बाख्रा पालन फार्म दर्ता गरेर रू. १७ लाख लगानीमा ४८ ओटा लोकल खरी प्रजातिका बाख्रा पाल्न शुरू गरेका थिए । पहिलो र दोस्रो वर्ष कामदार राखेर लगानीकर्ता मात्र बनेका उनीहरू यो वर्षदेखि भने आफैं कामदार आफैं मालिक बनेको बताउँछन् ।

बजारमा उच्च माग रहेको बाख्रा र खसी उत्पादन गर्न उन्नत जातको घाँस, दानासमेत आफैं उत्पादन गर्छन् । आफ्नै परिश्रममा फार्मलाई विस्तार गर्दै लाने योजना रहेको भण्डारी बताउँछन् । बाख्रापालन फार्मले अहिले रू. ५० लाख मूल्य बराबारको खसी, बाख्रा उत्पादन गरिसकेको उनको भनाइ छन । उनका अनुसार फार्ममा हाल बोयर र लोकल खरी प्रजातिका बाख्राहरू छन् । ‘बजारमा बोयर प्रजातिको बाख्रा र बोकाको माग र मूल्य उच्च छ’, उनले भने, ‘त्यसैले लोकल हटाउँदै बोयर प्रजातिको बाख्रा पालनमा केन्द्रित हुने योजना छ ।’

सम्भावित जोखिम कम गर्न फार्मले सबै बाख्राको बीमा गराएको छ । बजारमा बाख्राको माग बढेकाले देशको विभिन्न भागबाट बोका, बाख्रा खरीद गर्न व्यवसायीहरू फार्ममै आउने गरेको सुब्बा बताउँछन् । उनी भन्छन्, ‘बाख्रा र बोकाको मूल्य समान छ, बोयर प्रजातिको बाख्रा एउटाको मूल्य रू. २ लाख भन्दा माथि पर्छ ।’ ब्याएको ४ महीनामा विक्री गर्न सकिने भएकाले एउटा बाख्रा वा बोकालाइ ४ महीनासम्म पाल्दा रू. २५ हजारदेखि ३० हजारसम्म लगानी लाग्ने उनको भनाइ छ ।

४ महीनाको पाठापाठी रू. २ लाखसम्ममा विक्री हुने भएपछि आफूहरू पनि लोकल प्रजातिको बाख्रा पालन कम गर्दै बोयर जातका बाख्रापालनमा लागेको उनीहरू बताउँछन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)