ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरेन्द्रनगरको बजेट १ अर्ब ४२ करोड

कोरोना महामारी नियन्त्रण र सामाजिक विकासलाई प्राथकितामा

२०७७ असार, १०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

असार १० वीरेन्द्रनगर ।  वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आगामी बजेटमा कृषि, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिने बताएको छ । नगरपालिकाले कोरोना महामारी नियन्त्रण र सामाजिक विकासलाई पनि प्राथकितामा राखेको छ । 

कार्यवहाक नगर प्रमुख मोहनमाया ढकालले बुधवार आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उत्पादन अभियानका लागि कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायीकरणमा जोड दिइएको बताइन् । उनले  कृषिमा उत्पादकत्व वृद्धिका लागि आवश्यक पर्ने कृषि सामग्रीहरु मल, बीउ, प्राविधिक सहयोग, कृषि सिंचाई, विद्युत, यान्त्रिकीकरण, कृषि वीमा र बजार पूर्वाधारको सुनिश्चितता गरिने बताइन् । नगरभित्र उत्पादन हुने फलफुलमा आँप, कागती, केरा, किवी र खाद्यन्नमा कोदो, धान, गहुँ, मकै, सिमी मसुरो, मास केराउ आदीलाई प्राथमिकतामा राखी प्रवद्र्धन गरिने प्रतावित कार्यक्रममा उल्लेख गरिएको छ । 

कृषि योग्य भूमिलाई गैर कृषि क्षेत्रमा प्रयोग गर्न निरुत्साहित गर्ने, व्यक्तिगत खेतीयोग्य जमिन बाँझो राख्नेलाई बारवाही गर्ने र जमिनको उत्पादकत्व वृद्धिका लागि रासायनिक मल, जैविक मल अनुदानमा उपलब्ध गराइनेछ । 

त्यस्तै, कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गरिने, संक्रमित व्यक्तिको उपचारका लागि एक सय वेडको आइसोलेसन तयार गर्ने, संक्रमणबाट मृत्यु भएका व्यक्तिलाई बोक्नका लागि एम्बुलेन्सको व्यवस्था गरिने नगरसभाको प्रस्तावित कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै, कार्यवाहक नगर प्रमुख ढकालले महिलाहरुको पाठेघर क्यान्सर परीक्षण शिविर क्याम्प वर्षको रुपमा कार्यान्वयन गरिने भएको छ । गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे, एम्बुलेन्स सेवा, निःशुल्क सेनेटरी वितरण गरिने बताइन् । कृषि योग्य भूमिलाई गैर कृषि क्षेत्रमा प्रयोग गर्न निरुत्साहित गर्ने, व्यक्तिगत खेतीयोग्य जमिन बाँझो राख्नेलाई कारबाही गर्ने र जमिनको उत्पादकत्व वृद्धिका लागि रासायनिक मल, जैविक मल अनुदानमा उपलब्ध गराइनेछ । 

नगरसभाले पूर्वाधार विकासलाई पनि जोड दिएको छ । ढकालले नगरपालिकाको सुब्बाकुनादेखि फलाटेसम्म सहायक राजमार्ग हर्ट लाईनको नक्सांकन गरी निर्माण कार्यको प्रक्रिया अगाडी बढाउन प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरिने जानकारी दिइन् । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आर्थिक वर्ष २०७७÷०७८ का लागि एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार ८ सय २३ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

आर्थिक विकास लागि चार करोड ३६ लाख दश लाख, सामाजिक विकासका लागि १२ करोड ३० लाख ३१ हजार, पुर्वाधार विकासका लागि १४ करोड २९ लाख ४५ हजार ९ सय ४९ रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, वातावरण विपद तर्फ २ करोड ३१ लख ७५ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ३९ करोड ४० लाख ४६ हजार ९ सय ४९ रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक वर्षमा चालु खर्चतर्फ ९० करोड ४० लाख १४ हजार चार सय, पुँजीगत खर्चतर्फ ५१ करोड ६७ लाख ९८ हजार चार सय २३ र वित्तीय व्यवस्था तर्फ ८२ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)