ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका स्थानिय तहको बजेट झण्डै ३ अर्ब

२०७७ असार, ११  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

असार ११, सल्यान । सल्यानका स्थानिय तहहरुले झण्डै ३ अर्बको अनुमानित बजेट सार्वजनिक गरेका छन् । जिल्लाका दश स्थानियतह मध्ये एक नगरपालिका र एक गाँउपालिका बाहेक आठ ओटा स्थानिय तहहरुले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रू. २ अर्ब ७१ करोड ६३ लाख ७० हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । 

गत वर्षको हाराहारीमा नै यस वर्षको बजेट सार्वजनिक गरिएको स्थानिय तहहरुको भनाइ छ । जसमा सबैभन्दा धेरै शारदा नगरपालिकाले बजेट सार्वजनिक गरेको छ । जिल्लाको शारदा नगरपालिकाले रू. ४९ करोड ९९ लाख १२ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । यस्तै बनगाड कुपिण्डे नगरपालिकाले रू. ४९ करोड १५ लाख ८७ हजार बराबरको अनुमानित बजेट नगर सभा मार्फत सार्वजनिक गरेको छ । 

यस्तै कालीमाटी गाउँपालिकाले ४५ करोड ५३ लाख, त्रिवेणी गाउपालिकाले रू. ४२ करोड ९६ लाख १२ हजार, छत्रेश्वरी गाउँपालिकाले रू. ४२ करोड ७२ लाख ८० हजार, दार्मा गाउँपालिकाले रू. ३५ करोड ६२ लाख ४४ हजार, कपुरकोट गाउपालिकाले रू. ३१ करोड २९ लाख ९५ हजार र सिद्ध कुमाख गाउपालिकाले रू. २९ करोड ४१ लाख ८७ बराबरको बजेट गाउँसभा मार्फत सार्वजनिक गरेका हुन् । 

जिल्लाका केही स्थानिय तहहरुले गत वर्षको तुलना बढी बजेट सार्वजनिक गरेका छन् भने केहीले घटाएका छन् । त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले गत वर्षको तुलनामा करीब रू. ८ करोड गाँउपालिकामा बढेको बताए । यस गाँउपालिकाले गत वर्ष करीब ३४ करोड बराबरको बजेट सार्वजनिक गरेको थियो । 

जिल्लाका स्थानिय तहहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र उपचारलाई प्राथामिकतामा राखेर अनुमानित बजेट सार्वजनिक गरेका छन् । यस्तै शिक्षा, कृषि, रोजगारी लगायतका क्षेत्रहरुलाई उनीहरुले प्राथामिकतामा राखेका छन् । जिल्लाको बागचौर नगरपालिका र कुमाख गाउँपालिकाले पनि गत वर्षकै हाराहारीमा बजेट सार्वजनिक गर्ने जानकारी दिएका छन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)