ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यालय खुले आएनन् सेवाग्राही

२०७७ असार, १२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा सरकारी कार्यालय खुले पनि सेवाग्राही भने नगन्य रहेको पाइएको छ । सरकारले करीब ३ महीनापछि आंशिक रूपमा लकडाउन खोले पनि कार्यालयमा सेवाग्राहीको आगमन भने न्यून रहेको हो । असार १ देखि जिल्लामा सबै कार्यालय सञ्चालन भएका छन् ।

कार्यालयमा कर्मचारी उपस्थित हुन्छन् । तर सेवाग्राही भने आएका छैनन् । जिल्लाका बढी सेवाग्राहीको चाप हुने मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय, विद्युत् कार्यालयमा सेवाग्राही अपेक्षित रूपमा नआएको कर्मचारीहरू बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नारायण लामिछानेले लामो समयपछि कार्यालय खुल्दा सेवाग्राहीको चाप बढ्ने अनुमान गरिए पनि त्यस्तो नभएको बताए । ‘पहिलो दिनदेखि नै सेवाग्राहीको चाप बढ्ने अपेक्षा थियो,’ उनले भने, ‘तर सेवाग्राहीको उपस्थिति पहिलेको तुलनामा एकदम कम छ ।’
मुख्यतः कोरोनाको जोखिमका कारण सेवाग्राही कम आउने गरेको उनको बुझाइ छ । यस्तै सरकारले गरेको आंशिक लकडाउन, सवारीसाधनमा जोर बिजोर प्रणाली र सार्वजनिक यातायात नचलेकाले पनि टाढाका सेवाग्राही आउन नसकेको उनले बताए । सरकारले कोरोना सुरक्षा मापदण्ड र भौतिक दूरी कायम राख्न दुई चरणमा कार्यालय खोल्न निर्देशन दिएको छ ।

जिल्लामा अझै पनि कयौं मानिस कोरोना भाइरसको जोखिम र त्रासका कारण बाहिर निस्किन सकेका छैनन् । तत्काल काम सम्पन्न गर्नुपर्ने नागरिक मात्र आउने गरेको लामिछानेले बताए । उनका अनुसार अहिले दैनिक २०/२५ जना सेवाग्राही आउने गर्छन् । ‘हामीले सुरक्षा सावधानी अपनाएर दुई सिफ्टमा सेवा दिएका छौं,’ उनले भने ‘तर यति लामो समयपछि कार्यालय खोल्दा पनि सेवाग्राही खासै आएका छैनन् ।’

कोरोनाका कारण घरजग्गा कारोबारमा समेत कमी आएको छ । यसले पनि सेवाग्राही घटेको अनुमान गरिएको छ । जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी दिपक बुढाथोकीले शुरूका दिनदेखि नै सेवा नियमित गरिए पनि सेवाग्राही कम संख्यामा आउने गरेको बताए । सामान्य अवस्थामा ७० जनाभन्दा बढी सेवाग्राही आउने गरेकोमा अहिले फाट्टफुट्ट मात्र आउने गरेको उनको भनाइ छ । यद्यपि पछिल्ला केही दिनयता बढ्न थालेको उनले बताए । आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै सेवा प्रवाह गरिएको कार्यालयको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)