ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४२८  पुग्यो

२०७७ असार, १४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

असार १४, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा आइतवार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका १ जना र सल्यान कुपिण्डे बनगाड नगरपालिकाका १ जनालाई कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

आइतवारसम्म कर्णाली प्रदेशका संक्रमितको संख्या १ हजार ४२८ पुगेको छ । जसमध्ये १ हजार २९९ जना पुरुष र १२९ जना महिला रहेका छन् । साथै ९५६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रदेशमा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । दैलख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुष, दुल्लु १० का २० वर्षिय पुरुष, सुर्खेतको सिम्ता गाउँपालिकाका २५ वर्षिय युवती, दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका २० वर्षिय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)