ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका आठ स्थानीय तहको बजेट करीब रू. ३ अर्ब

२०७७ असार, १५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानका स्थानीय तहहरूले करीब रू. ३ अर्बको अनुमानित बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १० ओटा स्थानीय तहमध्ये एक नगरपालिका र एक गाउँपालिकाबाहेक ८ ओटा स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रू. २ अर्ब ७१ करोड ६३ लाख ७० हजारको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
आगामी आर्थिक वर्षका लागि सबैभन्दा धेरै शारदा नगरपालिकाले रू. ४९ करोड ९९ लाख १२ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । यस्तै बनगाड कुपिण्डे नगरपालिकाले रू. ४९ करोड १५ लाख ८७ हजारको अनुमानित बजेट नगरसभा मार्फत सार्वजनिक गरेको छ ।

यस्तै कालीमाटी गाउँपालिकाले रू. ४५ करोड ५३ लाख, त्रिवेणी गाउँपालिकाले रू. ४२ करोड ९६ लाख १२ हजार, छत्रेश्वरी गाउँपालिकाले रू. ४२ करोड ७२ लाख ८० हजार, दार्मा गाउँपालिकाले रू. ३५ करोड ६२ लाख ४४ हजार, कपुरकोट गाउँपालिकाले रू. ३१ करोड २९ लाख ९५ हजार र सिद्धकुमाख गाउँपालिकाले रू. २९ करोड ४१ लाख ८७ हजारको बजेट गाउँसभामार्फत सार्वजनिक गरेका हुन् ।

जिल्लाका केही स्थानीय तहहरूले गत वर्षको तुलना बढी बजेट सार्वजनिक गरेका छन् भने केहीले घटाएका छन् । त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले गत वर्षको तुलनामा करीब रू. ८ करोड बजेट बढेको बताए । गाउँपालिकाले गत वर्ष करीब रू. ३४ करोडको हाराहारीमा बजेट सार्वजनिक गरेको थियो ।
जिल्लाका स्थानीय तहहरूले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र उपचारलाई प्राथामिकतामा राखेर अनुमानित बजेट सार्वजनिक गरेका छन् । यस्तै शिक्षा, कृषि, रोजगारी लगायत क्षेत्रहरूलाई उनीहरूले प्राथामिकतामा राखेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)