ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका सात स्थानीय तहमा देखियो सलह

२०७७ असार, १८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । भारत हुँदै नेपाल पसेको सलह कीरा सल्यानमा पनि देखिएको छ । जिल्लाका १० ओटा स्थानीय तहमध्ये अहिलेसम्म ७ ओटा स्थानीय तहमा यो कीरा देखिइसकेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका तथा दार्मा र कुमाख गाउँपालिका बाहेक अन्य स्थानीय तहमा यो कीरा देखिएको कृषि विकास कार्यालय सल्यानले बताएको छ ।

तर, सल्यानका योकीराको ठूलो झुण्ड भने देखिएको छैन । कपुरकोट, छत्रेश्वरीको झिम्पे र सिद्ध कुमाख गाउँपालिकामा अलि बढी मात्रामा सलह देखिएको कृषि विकास कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए । उनले सानो–सानो झुण्डमा सलह कीरा देखिएकाले आत्तिनुपर्ने अवस्था नरहेको समेत बताए ।

‘सानो झुण्डमा सलह कीरा भएकाले यसलाई नियन्त्रण गर्न सकिन्छ’, उनले भने ‘अहिले नै आत्तिनुपर्ने अवस्था छैन । तर, सचेत बन्न भने आवश्यक छ ।’ उनले थाली र ड्रम बजाएर वा धुवाँ बनाएर सलह भगाउन आग्रह गरेका छन् । दिउँसोमा मात्रै सलह कीरा सक्रिय हुने भएकाले यसलाई नियन्त्रण गर्न केही सजिलो हुने उनको भनाइ छ । जिल्लामा अहिलेसम्म सलहले क्षति पुर्‍याएको सूचना नआएको उनले बताए ।

फेद कटुवा कीरा र फौजी कीराको प्रकोप झेलिरहेका जिल्लाका किसानहरू सलह कीरा पनि देखिन थालेपछि चिन्तित बनेका छन् । मुख्य खाद्यान्न बालीका रूपमा लगाएको मकैबाली सलह कीराको जोखिममा परेपछि आफूहरूमा चिन्ता थपिएको शारदा नगरपालिकाका स्थानीय शालिकराम बुढाथोकीले बताए ।

अफ्रिकी मुलुकबाट अरबियन मुलुक हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह शनिवार पहिलोपटक नेपालमा देखिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)