ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनका कारण तरकारी विक्री भएन

२०७७ असार, १९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी विक्री नभएपछि बारीमै कुहिन थालेको छ । मौसमी तथा बेमौसमी तरकारी खेतीको पहिचान पाएको जिल्लामा किसानहरूले लगाएको तरकारीले बजार नपाएपछि बारीमै कुहिन थालेको किसानहरूले गुनासो गरेका छन् । जिल्लाको बागचौर नगरपालिका–२ थारमारेमा रहेको थारमारे कृषि सहकारी संस्थामा आबद्ध किसानहरूले उत्पादन गरेको तरकारी लामो समयदेखिको लकडाउनका कारण बारीमै कुहिन थालेको छ ।

लकडाउनले गर्दा बजार पाउन छाडेपछि बारीमै तरकारी कुहिन थालेको सहकारी संस्थाका अध्यक्ष घनश्याम शर्माले बताए । २०७१ सालमा ३० जना शेयर सदस्यबाट शुरू भएको सहकारीले बेमौसमी तरकारी खेतीसँगै माछा र लोकल कुखुरा समेत पालन गर्दै आएको छ । सहकारीले वार्षिक रू. ५ लाख बढीको उत्पादन तथा विक्री गर्दै आएको छ ।
‘एक वर्षमा ३ सिजनसम्म तरकारी उत्पादन गर्दै आएका छौं, यसले सहकारीलाई आर्थिक रूपमा बलियो बनाएको छ’, शर्माले भने, ‘यस वर्ष भने लकडाउनका कारण तरकारी खरीद गर्न बाहिरबाट कोही पनि आएका छैनन्, त्यसैले तरकारी विक्री नहुँदा बारीमै कुहिन थालेको हो ।’

स्थानीय बजारमा थोरै मात्रामा तरकारी खपत हुँदा समस्या भएको उनको भनाइ छ । ‘स्थानीय बजारमा तरकारी थोरै मात्रामा खपत हुन्छ, हामीले विगतदेखि नै यहाँको उत्पादन जिल्लाबाहिर निर्यात गर्दै आएका छौं’, उनले भने । सहकारीले शुरूमा रू. ८ लाख ५० हजार पूँजीबाट तरकारी खेती शुरू गरेको थियो ।
तरकारी खेतीलाई व्यवस्थित गर्न गत वर्ष कृषि ज्ञान केन्द्रले रू. ४ लाख अनुदान दिएको थियो । अहिले करीब १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएको अध्यक्ष शर्माले बताए । अग्र्यानिक र ताजा हुने भएकाले तरकारीको माग बढी हुने गरेको उनको भनाइ छ ।

सहकारीले तरकारी खेती गर्न २ जनालाई रोजगारी समेत दिएको छ भने व्यवसायलाई अझै बढाउँदै जाने सोच रहेको सहकारीले बताएको छ । पहिले ३० जनाको शेयर सदस्यबाट शुरू भएको तरकारीखेतीमा अहिले ५५ जना शेयर सदस्य छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)